स्थानिय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलेको छ । निर्वाचन अवधिको लागि  नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरीको लागि विज्ञापन खुलेको छ हो।

चैत्र  ६ गतेदेखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षकहरू पहिले म्यादी प्रहरीमा राम्रो काम गरेकालाई म्यादी प्रहरीमा प्राथमिकता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुस