
कञ्चनपुर । नेपाल प्रंहरीका सिनियर अधिकृत प्रहरी नायब उपरीक्षक(डिएसपी) उमेश जोशी अन्र्तराष्ट्रिय सुरक्षा मिसनको कमाण्ड सम्हाने भएका छन ।
दुई बर्ष अघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवक्ताको जिम्मेबारीमा रहेका डिएसपी जोशी अन्र्तराष्ट्रिय सुरक्षा मिसनको कमाण्ड सम्हाने भएका हुन । डिएसपी जोशी हाल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी प्रमुखको जिम्मेबारीमा थिए । अढाई महिना अघि मात्रै ताप्लेजुङ प्रहरीको कमाण्ड सम्हालेका जोशी अब स्वदेश मात्रै होईन विदेशमा समेत कमाण्डिङ्गको जिम्मेबारीमा पुगेका छन ।
अन्तर्राष्ट्रिय सुरक्षा मिसनका क्रममा एक वर्षे अवधिका लागि सुडानको डार्फर जाने डिएसपी जोशीले कञ्चनपुर प्रहरी प्रवक्ताको जिम्मेबारीमा रहदा समेत जिल्लाको शान्ति सुरक्षामा अपराध अनुसन्धानमा बलियो कार्य सम्पादन गरेका थिए ।
सुदूरपश्चिम घर भएका डिएसपी जोशी नागरिकसंग समन्वय र सहकार्यदेखि अपराध अनुसन्धानमा काविल रहेका प्रहरीभित्र असल छबि बनाएका प्रहरी अधिकृतको रूपमा परिचित रहेका रहेका छन । डिएसपी जोशीले कञ्चनपुरमा ०८चैत्र अन्तिम सातादेखि ०८२ बैशाख तेस्रो सातासम्म सेकेनमेनको भूमिका रहदा समेत नागरिकसंग सहकार्यदेखि पुलिङ्गमा प्रभावकारी कार्य सम्पादन गर्दै आएका थिए । डिएसपी जोशीले मिसनमा छनौट भएपछि उनका सहकर्मीदेखि उनी मातहत काम गरेका अन्य प्रहरी कर्मचारी मात्रै होईन नागरिक स्तरबाट समेत मिसन सफलताको कामना गरिएको छ । डिएसपी जोशीले सरकारले खटाएको जिम्मेबारी जहाँ जुनसुकै स्थान परिस्थितिमा समेत निर्भिकताका साथ पुरा गर्ने सकल्प लिदै कार्य सम्पादन गर्दै आएका छन ।

