पप्पु गुरुङ्ग,
दोधारा असार ३१ , महाकाली नगरपालिका महिलाहरुलाई स्वरोजगार र आत्मार्निभर बनाउने उदेश्यले सिलाई कटाई तालिम दिएर आज एक कार्यक्रम गरी समापन गरिएको छ । महाकाली नगरपालिका वडा नं. ३ का महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

सामाजिक कल्याण र समानता संगठन नेपाल, धनगडी (कैलाली) को आयोजना र घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रंनगरको सहयोगमा महाकाली नगरपालिका वडा नं. ३, नेपाल–भारत सिमा बस्तीका स्थानिय महिलाहरुलाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको महाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले बताएका छन् । महाकाली नगरपालिका वडा नं. ३ र ६ का दलित तथा जनजाती समुदायका स्थानिय महिलाहरुलाई ३ सय ९० घण्टे आधारभुत सिलाई कटाई तालिममा संचालन गरिएको माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले बताए ।

स्थानिय २० जना महिलाहरुको सहभागिता रहेको तालिमका प्रशिक्षक राधा सुनार रहेका थिए । तालिम पश्चात सहभागीहरुले कुर्ता सुरुवाल, सर्ट, पाईन्ट, पेटिकोट सिलाउन सक्ने भएको तालिमका एक सहभागी अनिता भाटले बताईन् । समुदायमै आफु सिप युक्त भए पश्चात आर्य आर्जनका लागि अन्यत्र जान नपर्ने तथा अर्थोपार्जनमा सघाउ पुग्ने उनले बताईन । ‘३ सय ९० घण्टे सिलाई कटाई तालिम अत्यन्तै उपयोगी रह्यो’ तालिमका अकौ सहभागी सुमित्रा शाहीले भनिन् ।

उनका अनुसार ग्रामिण भेगका महिलाहरु बेरोगारीको समस्याले घर बस्न बाध्य भएकाहरुले सिलाई कटाई कार्यक्रममा सहभागी भएकाले महिलाहरु घरमै बसेर स्वरोजार हुने बताईन । सामाजिक कल्याण र समानता संगठन नेपाल, धनगडी (कैलाली) का गरिबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रमका कार्यक्रम संयोजक अनिता भट्टले सिकेको सिपलाई व्यवहारमा उर्तान आग्रह गदै स्वरोजगार बन्न महिलाहरुलाई सुझाव दिएका छन् ।
महिलाहरुका लागी सिलाई कटाई तालिम आय आर्जनको राम्रो माध्यम रहेको बताउदै यस तालिमवाट लाभ लिनका लागि सबैसँग आग्रह गरे । सिलाई कटाई तालिम लिएका सहभागीहरुका लागि तालिम समापन होइन अव शुरु भएको उनले बताए । तालिममा आफूले पाएको प्रमाण पत्रलाई सजाएर राख्ने होइन, सिकेका ज्ञानलाई व्यवहारमा उतार्नु पर्ने आवश्यक रहेको माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले बताएका छन् ।
तालिमका सहभागीहरुलाई एक–एक सिलाई मसिन तथा प्रमाणपत्र वितरण गरिएको छ् । तालिमले नया“ युवा उद्यमीवर्गलाई लक्षित गर्दै सिपमूलक तालिम सञ्चालन गरिएको बताईएको छ् । ३ सय ९० घण्टे आधारभुत सिलाई कटाई तालिम समापन सत्रका प्रमुख अतिथी माहाकाली नगरपालिका वाड नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी रहेका थिए ।
समापन सत्रमा सामाजिक कल्याण र समानता संगठन नेपाल, धनगडी (कैलाली) का गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रमका कार्यक्रम संयोजक अनिता भट्ट, वडा नं. ३ का वडा सदस्य राधा सुनार, नारायणी पन्त, सामाजिक कल्याण र समानता संगठन नेपाल, धनगडीका सहजकर्ता चा“दनी चन्द तथा तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुस