गोकुल जोशी
कञ्चनपुर असार ३१ महेन्द्रनगरको जनज्योति बहुमुखि क्याम्पसमा विद्यार्थीहरुले मङगलवार फूल रोपेको छन् । गुरु पूर्णिमाको अवसरमा क्याम्पस परिसरमा विद्यार्थीहरुले विभिन्न प्रजातिका झण्डै एक हजार फूल रोपिएका छन् । जनज्योति बहुमुखि क्याम्पसमा गुरु पूर्णिमाको अवसरमा पहिलो पटक विद्यार्थीहरुको अगुवाईमा फूल रोपिएका हुन । जनज्योति क्याम्पसका विद्यार्थी सरोज रोकायाको अगुवाईमा गुरु पूर्णिमाको अवसरमा क्याम्पसको चारैतिर फूल रोपिएका हुन । गुरुपूर्णिमाको अवसरमा क्याम्पस हाताभित्र चारैतिर विभिन्न जातका फूल रोप्ने कार्यक्रम सम्पन्न भएको सरोज रोकायले बताए । ‘क्याम्पसमा पहिलो पटक गुरु पूर्णिमाको अवसरमा क्याम्पस चारैतिर बाउड्रीमा फूल रोपिएका छन् ।’ उनले भने । तीन दिनदेखि क्याम्पसका विद्यार्थीको सक्रियतामा मङलवार फूल रोप्ने कार्यक्रम सम्पन्न गरिएको उनले बताए । केही फूल नर्सरीबाट किनेर र केही विद्यार्थीबाट जोहो गरेर फूल रोपिएको नेपाल विद्यार्थी संघका विद्यार्थी नेता समेत रहेको सरोज रोकाएले बताए । एक विद्यार्थी एक फूल अभियानका साथै बाँकी फूल नर्सरीबाट किनेर ल्याएर क्याम्पस परिसरमा फूल रोपेर क्याम्पसको सौन्दर्य बढाउने काम गरिएको लोकेन्द्र भण्डारी (लोकप्रिय) ले बताए । फूल खरिद गर्दा लाग्ने खर्चमध्ये केही क्याम्पस प्रशासन तथा शिक्षकहरुले सहयोग गरेको र विद्यार्थीहरुको अगुवाईमा फूल रोपिएको क्याम्पसका निमित्त प्रमुख धर्मेन्द्र गिरीले बताए । फूल रोप्ने कार्यक्रममा क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको स्नाातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थी कर्णदेव भट्टले बताए ।
अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन गुरुपूर्णिमा मनाउने गरिन्छ । सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।

प्रतिक्रिया दिनुस