कञ्चनपुर असार ३१, कार्यालय समयमा मदिरा सेवन गरेको भन्दै वडासचिवलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा सचिव सुन्दरसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा सचिव बोहराले कार्यालय समयमा सेवा लिन गएका सेवाग्राहीलाई मदिरा सेवन गरेर गालीगलौज गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको सेवाग्राहीले जानकारी दिएका छन् ।

वडा सचिव बोहरालाई अहिले सिसैया प्रहरी चौकीमा राखिएको सेवाग्राही राजबहादुर ऐडीले बताउनु भयो ।
यस्तै वडा अध्यक्ष रामसिंह धामी पनि भिडियोमा मदिरा सेवन गरिएका भनिएका वडा सचिव बोहरासँग आक्रोशित देखिन्छन् । तर, वडा अध्यक्ष धामीले भने घटनाका बारेमा आफूलाई विस्तृतमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले वडा कार्यालयमा सेवाग्राही र वडा सचिव बोहराबीच वादविवाद भएको भने स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुस