
पहिलाद राना
कञ्चनपुर असार ३०,कञ्चनपुरमा भएको हाफ म्याराथन दौड प्रतियोगिता मा पुरुष तर्फबाट सशस्त्र प्रहरी बलका सन्तोष विष्ट र महिला तर्फबाट बेलौरीकी स्थानीय रेखा चन्द प्रथम भएका छन् ।
सशस्त्र प्रहरी बलका जवान पदमा कार्यरत विष्टले १ घण्टा १५ मिनेट ३३ सेकेन्ड र रेखाले १ घण्टा ३९ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गरेर प्रथम भएका हुन् ।
पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत झलारीदेखि शुरु गरिएको दौड प्रतियोगिता महेन्द्रनगर कर्बडहलमा पुगेर समापन गरिएको थियो ।
द्वितियमा पुरुष तर्फ सुमन मादिन, महिला तर्फ लक्ष्मी बम, तृतियमा पुरुष तर्फ लक्ष्मण भण्डारी, महिला कविता जनाला, चतृर्थमा पुरुष तर्फ सन्तोष बोहरा, महिला अमृत नाथ, पाँचौँ पुरुष तर्फ अनिल देवकोटा, महिला तर्फ लक्ष्मी सुनार र छैटौँमा पुरुष तर्फ भिमदत्त दत्त भट्ट र महिला तर्फ ममता भट्ट भएका छन् ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा हाफ म्याराथुन दौड प्रतियोगिता भएको थियो ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लाल बहादुर शाहीले पुरुष÷महिला हाफ म्याराथुन प्रतियोगिताका विजेतालाई नगद पुरस्काका साथै प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको बताए ।
नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङ्गले विजेता प्रथमलाई एकलाख, द्वितियलाई ६० हजार, तृतीयलाई ४० हजार, चौथोलाई २५ र पाचौँलाई १५ र छैटौँलाई १० हजार रुपैया नगद पुरस्कारका साथै प्रमाण पत्र वितरण गरेका छन् ।

