कञ्चनपुर, भदौँ ७

कञ्चनपुरमा बाल विवाह अन्त्यमका लागि सरोकारवाला निकायले जोड दिईएका छन । पेशवान नेपालले आईतबार महेन्द्रनगरमा आयोजना गरेको संचारकर्मी अभिमुखिकरण कार्यक्तममा सरोकारवालाले बाल विवाह अन्त्यमा जोडदिएका हुन ।

‘उत्थानशिल भविष्य ः नेपालमा बाल विवाहको अन्त्य परियोजना’ बारे आयोजित छलफलमा बाल बिवाह अन्त्यको विकल्प नभएको बताएका छन । नेपालमा २० बर्ष अघि विवाह कानुनी मान्यता नपाउने भएकाले अब समाजिक सुुरक्षाका लागि बाल बिवाहको अन्त्य गर्नुपर्नेमा जोडदिइएको छ ।

कार्यक्रममा पेशवानका सदस्य दमन बहादुर चन्दले कैलाली कञ्चनपुरमा बाल विवाह अन्त्यका लागि थुप्रै समाजिक कार्यक्रम संचालन गरिएको बताए । उनका अनुसार कैलाली, कञ्चनपुरका ३० हजार, ७३० विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएकोछ । ६५ अपाङता भएका व्यक्तिलाई ह्वीलचियर, क्षमता अभिबृद्धिका लागि ५५ किसानलाई सहयोग, सेफ हाउस सहितका कार्यक्रम संचालन गरिएका छन ।

‘उत्थानशिल भविष्य ः नेपालमा बाल विवाहको अन्त्य परियोजनाका सयोजक लक्ष्मण सिह विष्टले कार्यक्रम मार्फत बाल विवाह अन्त्य गर्ने कार्यक्रम संचालन गरिएको बताए । उनले कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा समेत कार्यक्रम संचालन गरिएको छ ।

महिला, बालबालिका लक्षित गरेर कार्यक्रम संचालन गरेर बाल विवाह अन्त्यका कार्यक्रम संचालन गरिएका छन । कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापाले बाल विवाह रोक्नका लागि विद्यमान ऐन व्यवस्था भएपनि फेरीपनि बाल विवाह नरोकिएको बताए । बाल विवाह अन्त्यका लागि सुुदूरपश्चिम प्रदेश सरकार सहित कञ्चनपुरका पालिका सरकारले समेत प्रयास थालेको बताए । उनका अनुसार सरकारी तथ्याङ्क अनुसार पनि सुदूरपश्चिम सहित नेपालमा बाल विवाह निरन्तर भईरहेको छ । यसलाई रोक्नका लागि संचारकर्मीले भूमिका निर्वाहमा जोडदिए । कार्यक्रममा पेशवानका सदस्य हरिहर परियारले समेत भविष्यमा महिला मात्रै होईन सिङगो परिवार, समुदाय राष्ट्रलाई क्षति भईरहेको बताए । कार्यक्रममा संचारकर्मी सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस