कञ्चनपुर, साउन २८
सरकारले ल्याएको हुलाक डाँक सेवालाई दुत रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोडदिईएको छ । कञ्चनपुरका सरोकारवाला निकायले हुलाक सेवा दुत रुपमा अघि बढाउँदै प्रभावकारी बनाउनुपर्नेमा जोडदिईएको हो ।
बिहीबार महेन्द्रनगरमा हुलाक सेवा विभागले आयोजना गरेको दुत डाँक सेवा(ईएमएस) सेवा बारे आयोजित अन्तरकृया कार्यक्रममा सरोकारवालाले अब हुलाक सेवालाई आधुनिकीकरण गर्दै अघि बढाउनुपर्नेमा जोडदिएका हुन ।
१३ चैत्र ०८२ सरकारले शासकीय सुधारका लागि सय दिनमा सय काम गर्ने योजना अनुरुप २७ बुँदामा सरकारी सेवा घरमै उपलब्ध गराउने उदेश्यले हुलाक सेवालाई आधुनिकरण ‘गर्भरमेन्ट कुरियर सेवा’लाई विकास गर्दै पार्सपोट, नागरिकता, प्रतिलिपी, लाईसेन्स सहितका सरकारी कागजात नागरिकका घरमै पु¥याउने सरकारको लक्ष्य पुरा गर्नका लागि सरोकारवालाको साथ सर्मथन रहेको हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुर हुलाक कार्यालका प्रमुख सरोज पाण्डेयले सरकारले अघि सारेको लक्ष्य अनुरुप जिल्लामा पनि पार्सपोट सेवा घरमै पु¥याउने काम भएको बताए । ‘हामीले जिल्ला प्रशासन कार्यालयसंग सम्झौता अनुरुप पार्सपोट घरमै पु¥याउन सफल भएका छौँ, ‘उनले भने, ‘अन्य सेवालाई समेत थप अघि बढाउनेछौँ ।’ हुलाकले चिठीपत्र मात्रै नभई स्थानीय, राष्ट्रिय एव अन्र्तराष्ट्रिय स्तरसम्मै २०किलोसम्मका भौतिक समाग्री समेत सेवा प्रदान गरिरहेको बताए । न्यूनतम स्रोत साधन, उच्च प्रविधियुक्त जनशक्ति अभावका विच समेत सरकारले अघि सारेको लक्ष्य अघि बढाईरहेको बताए ।
हुलाक सेवा विभागका शाखा अधिकृत शितल सिह उखेराले देशभर दुत डाँक सेवालाई प्रभावकारी बनाउन विभागले कामकाज गरिरहेको बताए । उनले पछिल्ला बर्षहरुमा व्यक्तिगत चिठिपत्र भन्दा पनि सरकारी प्रयोजनका लागि रजिष्ट्रेशन पत्र सहितका अन्य भौतिक सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले हुलाक सेवा स्वयत्त बनाउँदै जनविश्वनिय रुपमा कामकाज गर्ने गरेर विकास गर्नुपर्नेमा जोडदिए । सुदूरपश्चिम हुलाक निर्देशनालयका निर्देशक सिद्धराज जोशीले गत आर्थिक बर्षमा मात्रै प्रदेशभरी लाख बढिले सेवा लिएको बताए । उनले हुलाक सेवा उपभोग गर्न समेत समेत सर्वसाधारणमा आब्हान गरेका छन ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले हुलाक कार्यालय स्वाभिमानी बनाउनुपर्ने तर्फ कार्यक्रम अघि बढाउनुपर्ने बताए । हुलाकलाई केन्द्र मात्रै विकेन्द्रीकृत रुपमा अघि बढाउनुपर्ने सुझाव दिएका छन । हुलाक विभागका महानिर्देशक मनमाया भट्टराईले हुलाक सेवा राज्यको मुटु भएको संज्ञा दिर्दै मुटुलाई स्वच्छ राख्नुपर्नेमा जोडदिईकी छिन । सेवालाई आगामी दिनमा थप विश्वनियदेखि प्रभावकारी बनाउँदै जनमुखी कामकाजमा लगाउनु विभागले अध्ययनदेखिका आवश्यक कामकाज गरिरहेको बताउँदै महानिर्देशक भट्टराईले अब आधुनिकीशैलीबाट अघि बढिरहेको बताईन । कार्यक्रममा विभिन्न सरकारी, गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

