बिकाश सिंह महता/ असार २१ गते

महेन्द्रनगर: कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता सम्पन्न भएको छ।

कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नराका साथ कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता- २०८२ शुक्रबार देखि सुरु भएको प्रतियोगिता सनिवार एक कार्यक्रमका साथ सम्पन्न भएको हो।

फाइनलमा भीमदत्त नगरपालिकाले ४२-२१ को अंकले बेदकोट नगरपालिका लाई हराउदै उपाधी जितेको छ। बेदकोट नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ। प्रतियोगिताको तेस्रो स्थान कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका भएका छन्। विजेता र उपविजेता टिमलाई ट्रफिक प्रमाणपत्र मेडल हात पारेको छ। भने तेस्रो स्थान हासिल गर्ने टिमले ट्रफी प्रमाणपत्र मेडक हात पारेको छ।

प्रतियोगिताको समापन समारोहका सभापतित्वमा कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख अतिथित्वतामा प्रतियोगिताको सम्पन्न भएको हो।

कार्यक्रमका विशिष्ट अतिथि कबड्डि संघ केन्द्रीय सचिव तर्क राज भट्ट, भीमदत्त नगरपालिका वडा न.१० का अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष महेश चन्द, कञ्चनपुर जिल्ला खेलकुद बिकास समिति पुर्व अध्यक्ष, कृष्ण देव पन्त, अतिथिमा भीमदत्त नगर खेलकुद अध्यक्ष सरोज चन्द, बेदकोट नगर खेलकुद अध्यक्ष प्रजापति भट्ट जिल्ला खेलकुद समितिका कार्यसमिति पदाधिकारी, विभिन्न खेलकुद संघका प्रमुख, निर्णायक लगायत खेलाडी खेल प्रेमीहरुको उपस्थिति रहेको थियो। भने कार्यक्रम सञ्चालन कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले गर्नु भएको थियो।

प्रतियोगिता असार २० र २१ गते सम्म सञ्चालन भएको हो। प्रतियोगितामा जिल्लाका ६ पालिका महिला टिमको भीमदत्त, पुनर्वास, कृष्णपुर,शुक्लाफाँ, बेदकोट नगरपालिका र लालझाडी गाउँपालिकाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुस