कञ्चनपुर, असार २१

लागु औषध दुव्र्यसनी रोकथाम, नियन्त्रणका लागि कृष्णपुरनगरका विद्यार्थीलाई सचेतना गराईएको छ ।

शनिबार गुलरियामा कृष्णपुर सामुदायिक सिकाई केन्द्रले लागु औषध दुव्र्यसनी रोकथाम, नियन्त्रणका लागि कृष्णपुरनगरका विद्यार्थीलाई सचेतना गराईएको हो ।

कृष्णपुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मिन बहादुर सिहले पछिल्ला दिनहरुमा गाँउ समाजमा लागु औषध दुव्र्यसनीले बालबालिका, किशोर, किशोरी, युवा पुस्ता ध्वस्थ भईरहेका बेला समुदाय सरक्षणका लागि कार्यक्रम गरिएको बताए । उनका अनुसार कृष्णपुर नगरका माध्यामिक तहका विद्यार्थीलाई लागु औषध दुव्र्यसनीबाट मुक्त गराउन, त्यो कुलतको बाटोमा नलाग्न सचेत गराईएको छ । अध्यक्ष सिहले समयमै विद्यार्थीलाई लागु औषध दुव्र्यसनीका गलत कामकाज बारे सचेत गराएर लागु औषध नियन्त्रणका लागि उनीहरुसंग छलफल गरेको बताए ।

कार्यक्रममा कृष्णपुर नगरका मेयर हेमराज ओझा, उपमेयर द्रोपती राना, कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्री सहितका विभिन्न सरोकारवाला क्षेत्रका व्यक्तित्वहरुले लागु औषध व्यक्ति, परिवार, समुदाय, समाजबाटै उल्मुलन गर्नुपर्नेमा जोडदिएका छन । सहभागि विद्यार्थीहरुले समेत लागु औषधका बेफाईदा बारे जानकारी भएको र आगामी दिनमा लागु औषध मुक्त अभियानमा सरिक हुने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस