कञ्चनपुर, असार २१
कञ्चनपुरमा रक्तदाता समाज गठन गरिएको छ । शनिबार समाजसेवीको भेलाले रक्तदाता समाज गठन गरिएको हो । पुर्व सेनानी गोरख पुजाराको अध्यक्षतामा रक्तदाता समाज गठन गरिएको जनाएको छ ।
उपाध्यक्ष मदनसिह क्षेत्री, सचिव उत्तम विष्ट, कोषाध्यक्ष विश्म्भर नाथ, सदस्य गणेश बोहरा, बीर बहादुर चन्द, शैलेन्द्र राज जोशी, खेमराज ऐरी, कमला थापा(पाण्डेय), गिता ओली, तुलसी पनेरु, बिन्दु श्रेष्ठ, पिताम्बर जोशी रहेका छन । डा. भोजराज पन्तको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । सदस्यमा डा. हिरा चन्द, अधिवक्ता प्रकास बहादुर पाण्डेय रहेका छन । उक्त समाजले बिरामीका लागि आवश्यक रगत उपलब्ध गराउनेछ ।
प्रतिक्रिया दिनुस