कञ्चनपुर । चालु आर्थिक बर्ष ०८१÷०८१ सकिने बेला कञ्चनपुरका विकासको ओईरो चलिरहेको छ । जिल्लाभरी असारे बजेट दोहनका लागि भौतिक पूर्वधार सडक, पुल पुलेसा, तटबन्ध, भवन निर्माण तर्फदेखिका निःशुल्क शिबिर, तालिम गोष्ठी, छलफल निरन्तर चलिरहेका छन । तर, आकासबाट बर्षा निरन्तर भईरहेको छ, यही बर्षातका असारे विकासको चटारोपसिन चलिरहेको छ । स्थानीय, प्रदेश सरकार मात्रै होईन संघीय सरकार पनि असारे विकासको साँची भएको छ ।
केन्द्रीय सरकार मातहत रहेको संघीय शहरी विकास तथा भवन निर्माण इकाई धनगढी मार्फत संचालित कञ्चनपुरका सडक योजना अन्तिम चरणमा कार्यान्वयन भईरहेका छन । संघीय शहरी विकास तथा भवन निर्माण इकाई धनगढी मार्फत संचालनमा रहेका योजनाहरु कतै विवाह, कतै विचित्रका दृश्य देखिन थालेका छन ।
बेदकोट ८ भाँसीपुलदेखि टकुलिया खोलासम्म निर्माण भईरहेको कालोपत्रे सडकमा स्थानीयले गुणस्तहिन भएको भन्दै आन्दोलन गरेका थिए । बेदकोट १० मा कालोपत्रे भएको सडकमा ग्राभिल फालिएको भन्दै स्थानीय प्रशन गरिरहेका छन ।
भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कटानमा निर्माण भईरहेको कालोपत्रे सडकको म्याद सकिने बेला बर्षातमै कालोपत्रे गरिएको छ । निर्माण गरेकोे सडक बचाउन ठेकेदारलाई हम्मेहम्मे भएको छ । एकातिर बर्षा भईरहेको छ, पानीले सडक भत्किने भएपछि त्रिपालको साहरा लिईएको छ । अन्तिममा आएर काम गर्दा स्वयम निर्माण व्यवसायी नै मारमा परेको दृश्यले देखाएको छ । कालोपत्रे गरिएको केही सडकको भागमा त्रिपाल बिछ्याईएको छ । २० असार ०८२ मा सडक कालोपत्रे गरिसक्नुपर्ने हुँदा बर्षातकै बेला थप त्रिपाल खरिद गरेर बिछाउनुपर्ने बाध्यता छ । दोगडा शक्ति निर्माण सेवाले २७ माघ ०८१ मा शहरी विकास भवन निर्माण कार्यालयसंग ६५ लाख ११ हजार, ९२३ रुपैयामा सम्झौता गरेको थियो । स्थानीयहरुले भने, यो के खालकोे विकास हो, भन्दै प्रशन गरिरहेका छन । महेन्द्रनगरका स्थानीय रमेश भट्टले बर्षातका बेला गरिने विकास बजेट दोहन भएको बताए । ‘यो आर्थिक बर्ष सकिन दुई साता छन, खाता बन्द हुन एक साता मात्रै छ, ‘उनले भने, ‘बर्षाले सडक निर्माणमा समस्या निम्तयाईरहेको छ, हरेक बर्ष असार लागेपछि विकास गर्ने बजेट सक्ने प्रवृति छ, कर्मचारीदेखि नेतासम्म कमाउन असार विकास प्रवृति हटन नसक्दा जनतामा मारमा छन ।’ तर, निर्माण व्यवसायीहरुले मापदण्ड अनुरुप गुणस्तरिय काम भएको, कुनै पनि योजना सम्झौताकै बेला सचालन गर्दा संरचनागत बाधा, व्यवधान भएकाले ढिलाई हुन गएको जनाएका छन । नागरिकले असारे विकासको मोडल नै परिर्वतन गरेर आर्थिक बर्ष शुरुवातदेखि नै कामकाज योजना संचालनमा जोडदिएका छन ।