सुनिल राना, असोज २९
कञ्चनपुरको महेन्द्रनगर बजारमा गणेश मेडिकल ईक्विपमेन्टस एण्ड केमिकल सप्लार्यस प्रालिको शाखा विस्तार भएको छ । घनगढी मुख्य कार्यालय रहेको गणेश मेडिकल ईक्विपमेन्टस एण्ड केमिकल सप्लार्यस प्रालिको महेन्द्रनगरमा शाखा विस्तार भएको हो ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगर गल्ली नम्बर चारमै बुधबार एक कार्यक्रमका विच भीमदत्त नगरका मेयर पदम बोगटीले उद्घाटन गर्दै गुणस्तरिय प्रभावकारी सेवा प्रवाहमा जोडदिएका छन । गणेश मेडिकल ईक्विपमेन्टस एण्ड केमिकल सप्लार्यस प्रालिका संचालक योगेश जोशीले सर्जिकल सम्बन्धीका समाग्री सहज रुपमा उपलब्ध गराउनका लागि शाखा विस्तार गरेको बताए । गणेश मेडिकल ईक्विपमेन्टस एण्ड केमिकल सप्लार्यस प्रालि महेन्द्रनगरका प्रमुख गोकर्ण महराले घरदेखि, विभिन्न कार्यालय, औद्योगिक प्रतिष्ठान सहितका क्षेत्रमा स्वाथ्य एव सरसफाई सबै समाग्री उपलब्ध गराउने बताए । गणेश मेडिकल ईक्विपमेन्टस एण्ड केमिकल सप्लार्यस प्रालि महेन्द्रनगरका मार्केटर विवेक साउदले प्रभावकारी सेवा प्रवाहमा जोडदिए ।