रमेश प्रशाद भट्ट

कञ्चनपुर, ३१ असोज

सुदूरपश्चिम प्रदेश सीमावर्ती कञ्चनपुर जिल्लामा कार्यरत उत्कृष्ठ प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको छ । जिल्लाका विभिन्न कार्यालय एव युनिटमा कार्यरत ७ प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको हो । शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा संगठनले दिएको जिम्मेबारी कुसलतापुर्वक जिम्मेबारी निर्वाह गर्ने प्रहरी अधिकृतदेखि जवानसम्मै सम्मानित भएका हुन ।

जिल्ला प्रहरी कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराले उत्कृष्ट कामकाज सम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको बताए । प्रवक्ता बोहराले प्रहरी जवानदेखि प्रहरी अधिकृतसम्मकै कर्मचारी रहेको बताए ।

प्रवक्ता बोहराका अनुसार प्रहरी निरीक्षक बीर बहादुर बोहरा, प्रहरी सहायक निरीक्षकद्वय सुरेन्द्र सिह धामी,ललित बहादुर बटाला,बरिष्ठ हबल्दारद्वय दिपक विष्ट,कृष्णदेव पन्त, सहायक हबल्दार सुबास प्रशाद भट्ट र प्रहरी जवान महेश सिह बोहरालाई नगदका साथै प्रमाणपत्र प्रदान गरेर पुरस्कृत सम्मान गरिएको छ । बरिष्ठ प्रहरी हबल्दार विष्टलाई सुप प्रदेश प्रहरी कार्यालय र अन्यलाई जिल्ला प्रहरी कार्यायबाटै सम्मान गरिएको जनाईएको छ । यसका साथै दिवसको अवसमा आन्तरिक प्रतियोगितामा विजेताहरुलाई समेत पुरस्कृत गरिएको छ ।

पुरस्कृत भएका प्रहरी जवानदेखि अधिकृतहरुले सम्मान पुरस्कारबाट उत्साहित भएको बताउँदै संगठनले आगामी दिनमा दिने जिम्मेबारी थप प्रभावकारी गर्ने प्रतिबद्धता जाहेर गरेको जनाएका छन ।

कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले संगठनको नीति, कार्यक्रम अनुरुप जिल्लामा कार्यरत प्रहरीको कामकाजको मुल्याङकनका आधारमा पुरस्कृत एव सम्मानित गरेको बताए । एसपी खत्रीले पुरस्कृत सहित अन्य प्रहरी कर्मचारीहरुलाई आगामी दिनमा शान्ति सुरक्षाका कामकाज सम्पादनमा सकृयतापुर्वक कामकाज गर्न समेत निर्देशन दिएका छन । एसपी खत्रीले यस बर्षको प्रहरी दिवस विगत भन्दा पृथकशैलीमा मनाईएको बताए । प्रहरी दिवस मनाउन मातहतका कार्यालय, युनिटका इन्चार्जदेखिका कर्मचारी जिल्ला आएका थिए । एसपी खत्रीले जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउनका लागि खत्रोरात्र खटिने प्रतिबद्धता जाहेर गरेका छन । पछिल्ला दिनहरुमा कञ्चनपुरमा चोरी,तस्करी, लाग औषध जस्ता अपराधमा संलग्नमाथि प्रहरीले कार्बाही दुत गतिमा अघि बढाएको छ ।

प्रतिक्रिया दिनुस