कञ्चनपुर, असोज २३

कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली अस्पतालमा उपचारार्थ पत्रकार विवशलाई उपप्रमुख लेखकले उपचारमा टेवा पु¥याउने उदेश्यका साथ नगद सहयोग गरेकी हुन । उपप्रमुख लेखकले आफ््नो भत्ता बाफतको रकमबाट समाजका लागि अहोरात्र खटिने पत्रकार विवशलाई सहयोग गरेको जनाईएको छ । अस्पतालको सैयामै पुगेर उपप्रमुखले पत्रकार विवशलाई स्वास्थ्य लाभको कामना गरेकी छिन । उपप्रमुख लेखकले समाजका लागि रातदिन ईमान्दारितापुर्वक निष्पक्ष, कुनै राजनीतिक आग्रह पूर्वाग्रह नराखेर काम गर्ने स्वतन्त्र पत्रकार विवशलाई संकट पर्दा दुखमा साथ दिएको मात्रै बताईन ।

साथै अन्य बिरामीसंग समेत भेटघाट गर्दै केही उपचारमा समस्या भए सुझाव सल्लाह दिन आग्रह गर्दै निमित्त मेसु डा. अर्जुन कुमार श्रेष्ठलाई बिरामीका लागि आवश्यक उपचार समाग्री प्रबन्ध गर्न आग्रह गरेकी छिन । उपप्रमुख लेखकले अस्पताल सुधारका लागि पालिकाबाट समेत आवश्यक सहयोग गरिदै आएको भावि दिनमा पनि गर्ने बताईन । विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य हुन । लामो समयदेखि उपचारार्थ रहेका पत्रकार विवशको उपचारमा आर्थिक समस्या रहेको जनाईएकोे छ । दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनी समसामयिक समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएका छन ।

प्रतिक्रिया दिनुस