कञ्चनपुर, असोज २३

राष्ट्रिय स्वतन्त्र पाटीले जेनजी आन्दोलनमा शहिद भएकाहरुको स्मृतिमा दिप प्रज्वलन गरेको छ । बिहीबार महेन्द्रनगरमा रास्वपाले जेनजी आन्दोलनमा शहिद भएकाहरुको स्मृतिमा दिप प्रज्वलन गरेको हो ।

रास्वपा भीमदत्त नगरका सभापति अम्बादत्त जोशीले भ्रष्टाचार बिरुद्धमा छेडिएको आन्दोलनका क्रममा जेनजीमाथि तत्तकालिन सरकारले गरेको नरसंहारपछि मारिएका बीर शहिदको स्मृतिमा दिप प्रज्वलन गरिएको बताए । रास्वपा कञ्चनपुरका युवा नेता एव अधिवक्ता समेत रहेका नविन चन्दले जेनजी आन्दोलनमा मारिएका नेपाली नागरिकको स्मृतिमा मैनवत्ती सहित पुष्प गुञ्चाले श्रद्धान्जली अर्पण गरिएको बताए । रास्वपाले जेनजी आन्दोलनका क्रममा मानिसमाथि गोली प्रहार गरेर हत्या गरिएको भन्दै छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुस