गोबिन्द अवस्थी
कञ्चनपुर । शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र(घ) सम्मेलन हुन लागेको हो । जिल्ला मुकाम महेन्द्रनगरहुने उक्त सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएको छ । महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष एव सम्मेलनका महासचिव हरिश भट्टले सुदूरपश्चिम विश्वविद्यालयका उपमुलपति डा. हेमराज पन्तको प्रमुख आथित्यमा हुनेछ । उनका अनुुसार ममताज पाटी पैलेशमा बिहान ११बजेदेखि औपचारिक रुपमा उद्घाटन हुनेछ । महेन्द्रनगर जेसिज बर्ष ०२५का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले मञ्च व्यवस्थापनदेखिका सबै तयारी पुरा भएको बताए ।
नारायण नदी पश्चिम नेपालको भुगोल लक्षित गरेर दोस्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको हो । यस अघि ०१५मा ४२औँ राष्ट्रिय महाधिवेशन महेन्द्रनगरमै गरिएको थियो । अवस्थीका अनुसार महेन्द्रनगर जेसीज स्थापना भएको झण्डै चार दशक अर्थात ३८औँ बर्षमा फेरी जेसीजका ५८ शाखाका प्रतिनिधी, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी, पुर्व पदाधिकारी सहित गरेर सयौँको सहभागितामा यस पटक पनि क्षेत्रीय सम्मेलन हुन लागेको छ ।
अध्यक्ष अवस्थीले सम्मेलनको उद्घाटन समारोहपछि विभिन्न समुह बनाएर नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिने बताए । ‘विभिन्न जिल्लाबाट आएका अतिथिहरुलाई कञ्चनपुरका प्रसिद्ध पर्यटकीय गन्तव्यको भ्रमण गराईनेछ, ‘उनले भने, ‘यसबाट सुदूरपश्चिमको आन्तरिक पर्याटन प्रर्बद्धन हुनेछ ।’ ४० बर्षमुनीका दुई प्रतिभावान युवाहरुलाई सम्मान गरिनेछ । सम्मेलनका लागि १ करोड बढी खर्च हुने र ३ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । सम्मेलनबाट जिल्लाको धार्मिक, ऐतिहासिक पर्यटकीय साँस्कृति गन्तव्यको पहिचान गराएर आगामी १० बर्षसम्म अधिकतम पर्यटक भित्र्रिने आधार तय हुनेछ ।
युवाहरुविच अनुभव सीप अनुभव आदान प्रदान, रैथाने उत्पादनदेखि उद्यमीलाई प्रर्बद्धन गर्ने, कला संस्कृति, विनिमय प्रर्बद्धन हुने अपेक्षा राखिएको छ । नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष सौरब श्रेष्ठले देशभर चार क्षेत्र रहेको र अन्य क्षेत्रहरुमा क्रमिक रुपमा सम्मेलन भएकाले अहिले ‘घ’मा भएको बताए । देशभरका १४८शाखा मध्ये अधिकाँस सहभागिता हुने बताए । महेन्द्रनगर जेसीज बर्ष ०२५का महासचिव लक्ष्मण दत्त पन्तले सम्मेलनका लागि भीमदत्त नगरपालिकाले समेत प्राविधिक तथा भौतिक सहयोग गरेको बताए । महासचिव पन्तले सप्ताहदेखि तयारी सगसंगै रहेको बताए ।
सन १९९० महेन्द्रनगर जेसीजले भीमदत्त नगरपालिका १राजिपुरमा प्रौढ शिक्षाबाट शुरुवात गरेर अहिले बालविकासदेखि १२कक्षासम्म विद्यालय संचालनमा रहेको स्मरण गराउँदै जेसीजले समाजिक काम गर्दै आएको बताए । जेसीज महेन्द्रनगरका पुर्व अध्यक्ष एव सम्मेलन निर्देशक कृष्ण प्रशाद पाठकले देशको विषम परिस्थितिमा पनि कार्यक्रम संचालन हुन लागेको बताए । सम्मेलनबाट यस क्षेत्रमा ओझेमा रहेको सिटीहल संचालनदेखिका अन्य सम्भावना अघि बढाउने बताए । उनले आर्थिक सम्बृद्धिका लागि आन्तरिक पर्यापर्यटनदेखि युवाको सीप समेत महत्वपूर्ण हुने भएकाले सम्मेलनले थुप्रै क्षेत्रमा आयाम बढाउने बताए । दुईदिनसम्म सचालन हुने सम्मेलनमा यस क्षेत्रकोे पर्यटकीय एव आर्थिक क्षेत्रको बृद्धि विकास अपेक्षा गरिएको छ ।