नेपाली कृष्ण आचार्य
आन्दोलनै आन्दोलनको मेरो देश नेपाल विश्वको सुन्दर र शान्त देश नेपाल हो । हिमाल पहाड र तराई विभाजित यो देश सबैको मन र मुटुमा रहेको थियो । हरेक विश्वका मानिसले हाम्रो देशलाई वीर गोर्खालीका रुपमा चिन्ने गर्दथे । हामी वीर गोर्खालीका सन्तान भएकोमा जहाँ पनि आफूलाई शिर ठाडोपारी नेपाली हौ भन्न रुचाउथ्यौ ।
वीर गोर्खालीका कारण विश्वमा हाम्रो छवि बेग्लै बनेका थियो । धर्म संस्कति रहन सहन रीतिरिवाज चालचलन र भाषा कलाले अनेकतामा एकता बाधेको थियो । एक आपसमा विश्वबन्धुत्वको भावना प्रगाढ थियो । प्रत्येक नेपालीमा मातृभूमीप्रति अगाध माया थियो ।
बुद्धको भूमि तपोभूमि अरनी कलाको भूमिका रुपमा प्रसिद्ध मेरो देश साच्चीकै एक सुन्दर र पवित्र थियो । अनेक धार्मीक रसको आस्वादन लिएको मेरो देश स्वच्छ हावा र पानीले सिञ्चन गरिएको थियो । अनेकतामा एकता धार्मिक सहिष्णुता मानवियता र विश्वबन्धुत्वको भावनाले समग्र विश्वलाई नै साझा घर ठानेको थियो ।
अतिथि देवो भव भन्ने मूल मन्त्रका साथ सबैमा सु स्वागत गर्ने मेरो देश आज रक्तको आशु बगाएको देख्दा हरेक नेपालीको मन छियाछिया भएको छ । हरेक बा आमाको आँखामा आशुँ बगेको छ । रगतै रगतले देश रक्ताम्य भएको छ । हत्या हिंसा र अराजकताले नेपाल आमाले शान्तिको महसुस समेत गर्न सकेको छैन ।
दिनानुदिन बढ्दै गएको अशान्ति र आन्देलनले हरेक नेपालीको मन मष्तिस्कमा गहिरो छाप बसेको छ । बालक देखि बृद्ध सम्मका हरेक नेपालीको मन रोएको छ । दिन नबित्दै रात नकट्दै सडक तातेको तातै छ । चक्का जाम छ । आन्दोल नै आन्दोलन छ ।
हावामा आन्दोलन पानीमा आन्दोलन सडकमा आन्दोलन गाउँ गाउँमा आन्दोलन सहर सहरमा आन्दोलनले गर्दा म गर्भमा रहेको बालकले आन्दोलनै आन्दोलनमा जन्मनु परेको छ । गर्भैबाट आन्दोलन सिकेको मैले नेपाल आमाको अस्तित्वाकालागि नेपाल आमाको रक्षाका लागि फेरी बली गराउन तयार छु ।
कति आमाका सिन्दुर पुछिए कति बालक टुहुरा भए कति सहिद भए कति घाईते भए तर केही पीर छैन । म मेरो आमाको अस्तित्व रक्षाका लागि अझ आफ्नो बलिदान दिन तयार छु । नेपाल आमाको काखमा रगतको होली खेलेको देख्दा आज नेपाल रोएको छ ।
विदेशी दलाल र बाहिरी शत्रुले फाईदा लिने प्रयास गरिरहेको छ । हामी भाई भाईमा अनेकन षडयन्त्रले अविश्वासको भावना सिर्जना गराएको छ । देश संकटमा रहेको छ । देशले शान्ती खोजिरहेको छ । देश छटपटाई रहेको छ । देशले एक असल सपूतको खोजिरहेको छ ।
आफ्नो गौरवमय ईतिहास फेरी खोजिरहेके छ । रक्तपात होईन आश्रिर्बाद मागिरहेके छ । यस सुन्दर हराभरा प्रकृतिमा सुख शान्त र सुन्दर देशको परिकल्पना गरिरहेको छ । आन्दोलनै आन्दोलन नभई एक शान्त पवित्र कुञ्जमय दिव्य अलौकिक राष्ट्रको निर्माण खोजिरहेको छ । जय नेपाल जय नेपाल आमाको गुञ्जायमान ध्वनी श्रवण गर्न सबै नेपाली आतुर भएका छन् ।