एसईई नतिजा ०८१ ः अनिरुद्र मावि शुक्लाफाँटा नगरकै उत्कृष्ट
कृष्ण नेपाली, असार २०
कञ्चनपुरको शुक्लाफाँटा नगरका न्यून विद्यार्थी मात्रै माध्यामिक शिक्षा(परीक्षा)मा उर्तिण भएका छन । शैक्षिक सत्र ०८१ मा नगरका ३६ प्रतिशत विद्यार्थी मात्रै एसईई उर्तिण भएका हुन । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेकोे विवरण अनुसार पालिकाले पनि गरेको तथ्याङ्क अनुसार नगरका ५निजी, १३ सरकारी गरेर १९ विद्यालयका ९सय ४ विद्यार्थी मध्ये ३सय ३६मात्रै उर्तिण भएका छन । निजी तर्फ १सय ८५मध्ये १सय २२ विद्यार्थी अर्थात ७२ प्रतिशत उर्तिण भएका छन । नगरमै सर्वोत्कृष्ट नतिजा ल्याएको अनिरुद्र माविले विगतका बर्षहरुको सफलता निरन्तरता दिएको छ । अनिरुद्र माविका प्रिन्सिपल डिडि अवस्थीले विद्यालय, शिक्षक, विद्यार्थीको मेहनत, लगाबको प्रतिफल र आगामी दिनमा समेत थप उ्रत्कृष्ट नतिजा ल्याउने बताउँदै आएका छन ।
शुक्लाफाँटा नगर सरकारी तर्फ ७सय १९ मध्ये १सय ९२ विद्यार्थी अर्थात २७ प्रतिशत मात्रै उर्तिण भएका हुन । ०८०मा सुन्य नतिजा ल्याएको अशिग्राम माविले २८मा ८ विद्यार्थी उर्तिण गर्न सफल भएको छ ।
निजी र सरकारी तर्फ अनिरुद्र मावि प्रथम भएको छ । अनिरुद्र माविका ३७मा ३० विद्यार्थी उर्तिण भएका छन । अनिरुद्रका ८१प्रतिशत विद्यार्थी उर्तिण भएका हुन । सुर्योदय माविका २५मा १९, चन्द्र सुर्य माविका ४२मा २८, बेष्ट प्वाइृन्ट ५३मा ३७ र किड्स ईन्टरनेशलका २८मा १९ विद्यार्थी उर्तिण भएका छन ।
सरकारी तर्फ जनजागृती मावि ४४मा ४, सिद्धबैजनाथ मावि बन्साहका ७१मा ८, राष्ट्रिय मावि पिपलाडीका १सय ८मा ३६, कालिका मावि २९मा, शिवशंकर मावि ४६मा ६, बैजनाथ मावि ५३मा ८, कृष्ण मावि ४०्रमा ९, धर्मजनता मावि ९३मा ३३, सिद्धनाथ मावि ५६मा १४, सरस्वती मावि ७५मा २३, शिवशक्ती मावि ४५मा १६ र कृष्ण मावि झलारी ३२मा ७ विद्यार्थी मात्रै उर्तिण भएका छन । शुक्लाफाँटा नगरकोे नतिजा अत्यन्तै नाजुक आएपछि अभिभावक हैरान भएका छन । उनीहरुले सुधारमा जोडदिएका छन । शुक्लाफाँटा नगरपालिकाले एसईई नतिजाको समिक्षा सहित सुधारका कार्यक्रम संचालन गरिने जनाएको छ ।