हेमा भट्ट

कञ्चनपुर, — भिमदत्त नगरपालिकामा हालै सम्पन्न पार्टी बैठकले विपद् व्यवस्थापन तथा अनुशासन सुदृढिकरणसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्राकृतिक विपद्—जस्तै बाढी, पहिरो आदिबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि ५१ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गरेको छ।

समितिको संयोजकमा भुवन कुँवर चयन भएका छन्। समितिमा वाईसिएल, विद्यार्थी तथा अन्य जनवर्गीय संगठनहरूबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

वाईसिएलतर्फबाट रघुवीर धामी, रमेश पाकी, गणेश लुहार, गोविन्द लुहार, गणेशबहादुर चन्द, मानसिंह कार्की, विनोद चुनारा, सागर बोहरा, गगन राना, उमेश साकी, पप्पु नेपाली, तेजेन्द्र ऐर, प्रकाश पाकी, तुल थापा लगायतको सहभागिता छ।

विद्यार्थी संगठनबाट डम्मर कुँवर, गणेश मिश्र, हेमन्त अवस्थी, पंकज जोशी, राजीव नेपाली, कपिल भट्ट, महेश धामी, दिपेश धामी, भुवन जोशी लगायतलाई समावेश गरिएको छ।

बैठकले अनुशासन उल्लंघन गरेका कारण भिमदत्त नगरपालिका–५ का लोकेन्द्र राम बिक (बीसी)पार्टीको साधारण सदस्यताबाट निष्कासन गर्ने निर्णयसमेत सार्वजनिक गरेको छ। आर्थिक विवादमा संलग्न तथा सामाजिक रूपमा बहिष्कृत रहँदै आएका बीसीको नाम पार्टी अभिलेखबाट हटाउन सिफारिस गरिएको छ।

बैठकले अझै नाम नतोकिने सदस्यहरूलाई सम्बन्धित वडास्तरमै जिम्मेवारी बाँडफाँट गरिने जानकारी दिएको छ।

बैठकको अध्यक्षता माया नेगीले गरेकी थिइन् भने वैकल्पिक केन्द्रीय सदस्य जयराज पाण्डेयको उपस्थितिमा निर्णयहरू पारित गरिएका थिए।

पार्टीले आगामी दिनमा संगठनलाई सशक्त र जनमुखी बनाउने दृढ संकल्पका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुस