किशोर तामाङ 

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ मा अवस्थित नवयुग विद्या निकेतन पुनर्वासमा एस ई ई टप भएको छ।

नवयुग विद्या निकेतन ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पुनर्वासमा शत प्रतिशत नतिजा निकाल्दै नगरभरकै सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ ।

 

सरस्वती माध्यमिक विद्यालय मोतिबस्ती स्थित परिक्षा केन्द्रमा

विद्यालयका १३ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए, जसमा सबै विद्यार्थी उत्तीर्ण भएको पुनर्वास नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । यसले नवयुगलाई नगर टप अर्थात सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयको रूपमा उभ्याएको छ ।

 

नगरपालिकाले सार्वजनिक गरेको प्रमाणित नतिजा विवरणअनुसार कुल २६ वटा विद्यालयहरूको परिणाम उल्लेख गरिएको छ । तीमध्ये नवयुग विद्या निकेतनको शत प्रतिशत नतिजा रहँदा पुनर्वास नगरपालिका वडा नम्बर १ कै शान्ति मावि अंशुवर्माबस्ती र रामबुद्ध मावि पुरैनाको नतिजा भने शून्य रहेको छ ।

 

शिक्षा शाखाले प्रकाशित गरेको विस्तृत पत्रमा अन्य विद्यालयहरूको नतिजा पनि स्पष्ट रूपमा उल्लिखित छ ।

प्रतिक्रिया दिनुस