शिक्षा ऐन जारी गर्न सरकार पछि परेपछि बहुमत निकट क्रान्तिकारी आन्दोलनमा

कञ्चनपुर, असार १९

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले शिक्षा ऐन जारी गर्न सरकार पछि परेको भन्दै आन्दोलनमा उत्रिएको छ । अखिल क्रान्तिकारीले सरकार शिक्षाका माफियाको ईसारामा चलेर ऐन जारी गर्न आनाकारी गर्न लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको हो । बिहीबार अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहले हस्ताक्षर गरेको विज्ञप्तीमा सरकार शिक्षाका व्यापारी माफिया र बिचौलियाको ईसारामा चलेर ऐन जारीको साटो माफिया पोस्न लागेको भन्दै २०असारदेखि २साउनसम्मै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुस