काठमाडौं,बैशाख १९ । आज १३१ औं मई दिवस । मई दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक महत्वपूर्ण वक्तव्य जारी गरेको छ । वक्तव्यमा कोरोना भाइरसको महामारीका कारण दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्ग नराम्ररी प्रताडित भएको भन्दै लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन जोडदार माग गरिएको छ ।

पार्टी महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा भनिएको छ, “लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन हाम्रो पार्टी सरकार समक्ष जोडदार माग गर्दछ ।

वक्तव्यमा भनिएको छ, “यस वर्षको मई दिवसका बेला सम्पूर्ण मानव जाति नै कारोना जन्य महामारी कोभिड–१९को प्रकोपले पीडित छ । यस पटक पहिले जस्तै हजारौंको सङ्ख्यामा सडकमा पोखिएर मई दिवश मनाउन सकिंने अवस्था छैन । यस स्थितिमा आआफ्नो ठाउँको विशिष्ट अवस्थालाई ख्याल गरेर मई दिवशले स्थापित गरेको क्रान्तिकारी सन्देशलाई आम उत्पीडित जनतासम्म पु¥याउन हामी श्रमजीवि वर्गमा विशेष अनुरोध गर्दछौं । साथै लकडाउनका कारण श्रमजीवि वर्गको जिउने समस्या निकै गंभीर बनेको छ ।

वक्तव्यको पूर्णपाठ यस्तो छ ।

आज मई १, २०२० तदनुसार बैशाख १९, २०७७ अन्तर्राष्ट्रिय श्रमजीवि वर्गको ऐतिहासिक पर्व हो । आठ घण्टा श्रमको माग पुरा गराउन सफल अमेरिकाको सिकागोमा भएको श्रमिक आन्दोलनको संस्मरणमा १८९०को मई १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवश मनाउन सुरु गरिएको थियो । मई दिवशको १३१औं वर्ष प्रवेशको यस अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०संसारभरिका श्रमजीवि वर्गमा हार्दिक शुभकामना सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ ।

यस वर्षको मई दिवशका बेला सम्पूर्ण मानव जाति नै कारोना जन्य महामारी कोभिड–१९को प्रकोपले पीडित छ । यस पटक पहिले जस्तै हजारौंको सङ्ख्यामा सडकमा पोखिएर मई दिवश मनाउन सकिंने अवस्था छैन । यस स्थितिमा आआफ्नो ठाउँको विशिष्ट अवस्थालाई ख्याल गरेर मई दिवशले स्थापित गरेको क्रान्तिकारी सन्देशलाई आम उत्पीडित जनतासम्म पु¥याउन हामी श्रमजीवि वर्गमा विशेष अनुरोध गर्दछौं । साथै लकडाउनका कारण श्रमजीवि वर्गको जिउने समस्या निकै गंभीर बनेको छ । लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन हाम्रो पार्टी सरकार समक्ष जोडदार माग गर्दछ ।

सर्वहारा वर्ग तथा उत्पीडित जनताको मुक्तिको एकमात्र बाटो वैज्ञानिक समाजवाद र साम्यवादको स्थापना हो । यस उद्देश्य प्रप्तिका लागि हाम्रो पार्टी निरन्तर प्रयत्नशील रहिआएको छ । श्रमिक दिवशको यस अवसरमा हाम्रो पार्टी आम श्रमजीवि वर्गलाई नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्न हार्दिक आह्वान गर्दछं । 

प्रतिक्रिया दिनुस