काठमाडौं बैशाख १८ । नेपाल पत्रकार महासंघले बाह्रखरी अनलाइका पत्रकार केशव जोशीमाथि प्रहरीद्वारा भएको दुर्व्यवहारको निन्दा गरेको छ। महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
आज बिहान नयाँ बानेश्वरमा भिडियो खिच्ने क्रममा प्रहरीले जोशीको परिचयपत्र खोसेर दुर्व्यवहार गरेका थिए ।

महासंघको विज्ञप्तिमा भनिएको छ, “पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यस किसिमको ज्यादतिले प्रेस स्वतन्त्रतामा आघात पुगेका महासंघको ठहर छ । महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नर्दोयाउन सम्बन्धित निकायसँग माग गर्छ ।
यस्तै वैशाख १७ गते नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाइनखबर डटकमका संवाददाता सुवास पण्डितलाई लक्षित गरी अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुस