विकास सिह महता ,कञ्चनपुर, बैशाख, १८ । लकडाउनका कारण विभिन्न भौतिक पुर्वाधारका काम रोकिएपछि सम्बन्धीत आयोजनाले काम गर्नका लागि अनुमति लिएका छन् । महिनादिन भन्दा बढि लकडाउन भएपछि साना, मझौला र ठुला आयोजनाको काम रोकिएको थियो । लकडाउन लम्बिएपछि तीनै प्रकृतिका आयोजनाले कामका लागि जिल्ला प्रशासनबाट अनुमति लिएका हुन् ।
हाल ४१ आयोजनाले काम शुचारुका लागि अनुमति लिएको प्रशानसनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सुचना अनुसार महाकाली पुल आयोजना लगायतले कामका लागि अनुमति लिएका छन् । लकडाउनका कारण देखाउँदै कतिपय ठेकेदार कम्पनीले अनुमति लिएर काम गर्ने नगर्ने सबै विषयमा अनुगमन गर्न समेत अनुरोध गरिएको छ ।
१६ सय ६ को आरडिटी मध्ये दुई जनाको पोजेटिभ अरुको नेगेटिभ आएको छ । भने १ सय ९९ को स्वाब टेष्ट २ जनाको आउँन बाकी छ । १ सय २२ जना क्वारेन्टाईनमा रहेका छन् । बिरामी, सुत्केरी लगायत २ सय ४६ ले पास पाएका छन् । भने ८सय ४८ अस्वीकृत र २७ पेन्डिङ्गमा रहेका छन् । कैलालीदेखि कञ्चनपुरको प्रवेसद्धार कृष्णपुर नगरपालिका ५ गुलरिया गजरौलाबाट जिल्ला प्रवेस आउनेक्रम जारी रहेको छ । प्रशासनले कोरोनाबाट बाँच्नका लागि लकडाउन पालना गर्न अनुरोध गर्दै आएको छ ।
ब्ब