दिपेन्द्र बस्नेत, कञ्चनपुर, बैशाख १८ । चीनको बुहान शहरबाट देखिएको कोरोना भाईरसले विश्वभरी आतङ्क मच्चाएको छ । कोरोना भाईरस(कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका नेपाल–भारत दुवै देशले लकडाउन गरेको छ । दुवै देशविच सीमा क्षेत्रमा आवत पूर्ण बन्द गर्ने सहमती अनुरुप कडाई गरिएको छ । दुईतिर भारतसंग सीमा जोडिएको कञ्चनपुरमा समेत सीमा क्षेत्रमा कडाई पारिएको छ ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरेर सीमा क्षेत्रमा उच्च कडाई एव निगरानी गरेको छ । भारतका विभिन्न स्थानबाट कञ्चनपुरको पुर्नवास नगरपालिका ९विचफाँटा नाका भएर नेपाल प्रवेस गर्न खोज्ने अठार जना नेपाली मजदुरलाई सीमा क्षेत्रबाट फर्काएर भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ ।
सशस्त्र प्रहरीले बल ३५ नम्बर गण शैलेश्वरी अन्र्तरगतका पुर्नवास नगरपालिका क्षेत्रमा रहेका बोर्डर आउट पोष्टले रोकेर उनीहरुलाई उत्तै भारतका क्वारेन्टाईनमा राखिएको छ । नेपाल र भारत सरकारविच भएको सहमती अनुरुप नेपालबाट भारत जाने भारतीयलाई नेपालमै र भारतबाट नेपाल आउने नेपालीलाई भारतमै राख्ने सहमती अनुरुप सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक बीर सिह शाहुले सीमा क्षेत्रमा आउजाउ पूर्ण बन्द गरिएकाले नेपालबाट भारत जाने र भारतबाट नेपाल जाने दुवैलाई रोकिएको बताए ।


सशस्त्र प्रहरीले बुधबार र बिहीबार दुई दिन लकडाउनका बेला नेपाल प्रवेस गर्न खोज्नेहरुलाई प्रवेस गर्न रोकी उतै भारतको क्वारेन्टाईनमा राख्न लगाएको छ । पहिलो दिन बुधबार गोरख महर, दशरत महर, बिरेन्द्र महर, दान महर, कृष्ण महर, सरेन्द्र महर, नरेन्द्र महरा, दिपा महर र अर्जुन दयाल र बिहीबार भारतको गुजरातमा मजदुरीका लागि गएका पुनर्वास नगरपालिका ८ का दिपक बिक , पुनर्वास नगरपालिका ९ का कृष्ण जैसी , पुनर्वास ८ का सागरबाबु काष्ठकार , किसन बिक उनकी श्रीमती सुमित्रा बिक र यी दम्पतीका ४ वर्षिय छोरी आरुसी तथा ४ महिनाका शिशु आयुष लाई भाइरस नियन्त्रणका लागि सीमामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रवेश गर्न नदिई फिर्ता पठाएको छ । सशस्त्र प्रहरीले दुई नावालक सहित ७ जनालाई भारतीय सीमा सुरक्षा बल एसएसबीको जिम्मा लगाएको हो । कञ्चनपुरको पुनर्वास स्थित नेपाल९भारत सीमा स्तम्भ १९४ नजिकै बाट नियन्त्रणमा लिइएका उनिहरुलाई भारतको लखिमपुर जिल्ला स्थित एसएसबीको ३९ औं बटालियनको मुख्यालय पलिया स्थित क्वारेन्टाइनमा राखिने भारतीय सीमा सुरक्षा बल एसएसबी घोला क्याम्पका इन्चार्ज सहायक निरीक्षक अमित चन्दले बताए ।
पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायण जैसीले लकडाउनका बेला नेपाल प्रवेस गर्न खोज्दा उनीहरुलाई सशस्त्र प्रहरी बलले रोकेको बताए । सरकारी नियम र आदेश अनुसार नेपाल प्रवेस गर्न खोज्नेहरु सबैलाई भारतीय क्वारेन्टाईनमा राखिएको उनले बताए । भारतमा कोरोना भाईरसको उच्च जोखिम बढिरहेका बेला भारतबाट नेपाल प्रवेस गर्ने खोज्नेलाई सीमा क्षेत्रमै रोकेर सरोकारवाला निकायको पहलमा उत्तै फकाईएको बताए । कञ्चनपुरको उत्तरी ब्रम्हदेबदेखि डोकेबजारसम्म सशस्त्र प्रहरीले सीमा क्षेत्र सिल गरेको छ । न नसकैले जान सक्छ, न आउन । यस्तो बेला निअर्थर प्रयास नगर्न समेत जनप्रतिनिधीले समेत नागरिकमा आब्हान गरेको छ । जो जहाँ हुनुहुन्छ, त्यही बसेर भोकबाट बाँच्नका लागि सरोकारवाला निकायसंग समन्वय गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुस