कञ्चनपुर, भदौँ १६

कञ्चनपुरको बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालयले प्रदेश सरकारलाई डेलिगेशन बुझाएको छ । बेलडाँडी १ नम्बर वडा कार्यालय सुदूरपश्चिम प्रदेश सरकारलाई डेलिगेशन बुझाएको हो ।

वडाध्यक्ष गज बहादुर चन्दले मंगलबार एक कार्यक्तमका विच मुख्यमन्त्री सहितका मन्त्री,मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको बताए ।

उनका अनुसार मुख्यमन्त्री खगराज भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री ओम विक्रम भाट(सरलं), समाजिक विकास मन्त्री सन्तोष कुमारी थापा(शर्मा)लाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको बताए ।

अधिल्लो सरकारले विकासबाट उपेक्षित गरिएको दुर्गम गाँउबस्ती बेलडाँडी १मा हालिएका दिगो विकास सम्बृद्धिसंग जोडिएका योजनाहरु निरन्तरता दिन थप नयाँ योजना समेत समावेस गरिदिन मुख्यमन्त्रीदेखि मन्त्रीको ध्यानाकर्षण गराएका छन ।

वडाध्यक्ष विष्टले वडाको विकासका लागि विनियोजन गरिएका सडक, पुल, विद्यालय, स्वास्थ्य सहितका सबै योजनालाई निरन्तरता दिने थप बजेट दिन आग्रह गरेका छन ।

मुख्यमन्त्री खगराज भट्टलाई प्रदेशकै तराईको दुर्गम वडाहरुमा यस अघिको सरकारले हालेका योजनामा थप गरिदिन आग्रह गरेका हुन । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारले नागरिकको आति आवश्यकीय योजनालाई प्राथमिकतामा राख्ने बताए । भौतिक पूर्वाधार विकासमन्त्री ओम विक्रम भाटलाई वडाध्यक्ष विष्टले विपद्को उच्च जोखिममा रहेको दुई बर्ष अघि वाढीले भत्काएको झर्नाखोला पुल, रौलेश्वरदेखि कालिका जोड्ने सडकमा यस अघि बजेट परेकाले पुन निरन्तरता दिन अर्थात थप योजना दिन आग्रह गरेका छन । ज्ञापन पत्र बुझाउ्दै मन्त्री भाटले विपद्को उच्च जोखिममा रहेको झर्नाखोलाको पुलदेखिका अति आवश्यकीय सडकमा प्रदेश सरकार मन्त्रालयले समेत प्राथमिकताका साथ योजना कार्यान्वयन गर्ने विश्वास दिलाए । वडाध्यक्ष विष्टले समाजिक विकासमन्त्री सन्तोष कुमारी थापा(शर्मा)लाई सरस्वती मावि झर्नासागर, कालिका आवि चन्दन बस्ती, एम्बुलेन्स सहितका योजनालाई निरन्तरता दिन आग्रह गरेका छन । ज्ञापन पत्र बुझ्दै मन्त्री थापाले शिक्षा स्वास्थ्यका योजनालाई प्राथमिकतामा साथ अघि बढाउने बताईन । समाजिक विकासमन्त्री समक्ष सरस्वती मावि झर्नासागरका प्रद्यानाध्यापक जनक थापाले अधिल्लो सरकारले विद्यालयमा विनियोजन गरेको बजेटमा थपिदिनु पर्ने र थप्ने अवस्था नआएपनि नकाटिदिन आग्रह गरेका छन । डेलिगेशन टिममा सहभागि बेलडाँडी १का निर्वतमान वडाध्यक्ष एव एमाले बेलडाँडीका सचिव शंकर भट्टले अधिल्लो सरकारले बेलडाँडीमा विनियोजन गरेका योजना बजेटलाई काट्नै भएन, सकेसम्म थपिदिन आग्रह गरेका छन ।

बेलडाँडी स्थानीय समेत रहेका नेकपा एमाले कञ्चनपुरका सचिवालय सदस्य अक्कल बहादुर विष्टले विकासबाट पछाडी पारिएको बेलडाँडीमा यस अघि विभिन्न योजनामा राखिएको बजेट अपुग भएकाले थप गरिदिनुपर्नेमा प्रदेश सरकारसग आग्रह गरेका छन । प्रदेश सत्ताधारी दलका नेता समेत रहेका विष्टले प्रदेश सरकार शहर केन्द्रीत नभई ग्रामिण भेगको दीगो विकास केन्द्रीत योजना अघि बढाउनुपर्ने सुझाव दिए । बेलडाँडी गाँउपालिका प्रवक्ता समेत रहेका १का वडाध्यक्ष जग बहादुर विष्टले मुख्यमन्त्री समेत समाजिक, भौतिक पूर्वाधार मन्त्रालय मात्रै नभई अब आर्थिक मामिला,कृषि, आन्तरिक, उद्योग पर्यटन सहितका सबै मन्त्रालयले सीमावर्ती बेलडाँडीको बृद्धि विकासका लागि गम्भिर भईदिनुपर्ने आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुस