कृष्ण नेपाली , कञ्चनपुर, बैशाख १८ । कञ्चनपुरका देनिक पत्रिका वितरण गर्ने मजदुरलाई खाद्यान्न राहत वितरण गरिएको छ । बिहीबार महिला अगुवा एव समाजेवी हेलेन श्रेष्ठ र संचार उद्यमी दिनेश श्रेष्ठले भीमदत्त नगरपालिका मार्फत पत्रिका वितरक मजदुरलाई खाद्यान्न राहत दिएका हुन् ।
कोरोना भाईरस कोडिभ १९ रोकथामका लागि सरकारले लकडाउन गरेका कारण झण्डै ३८ दिनदेखि स्थानीय एव राष्ट्रिय पत्रिका बन्द भएपछि उनीहरुलाई समस्या परेको थियो । समस्यामा परेका पत्रिका वितरण मजदुरको समस्यालाई मध्य नजर गर्दै समाजसेवि श्रेष्ठ दाम्पतीले खाद्यान्न वितरण गरेका हुन् ।
श्रेष्ठ दाम्पतीले भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत पुष्कर राज भट्ट र प्रशासकिय अधिकृत हरिसिह धामीलाई राहत हस्तान्तरण गरेलगत्तै भीमदत्त नगरपालिका १८नम्बर वडाका जनप्रतिनिधी नारद सुनार, पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारीको उपस्थितिमा राहत वितरण गरिएको छ । पत्रिका वितरक मजदुरलाई प्रति मजदुर १० किलो चामल, १ किलो दाल, एक पोका तेल एक प्याकेट नुन र मास्क सहित वितरण गरिएको छ ।
समाजसेवि एव महिला अगुवा हेलेन श्रेष्ठले महामारीको संकटका बेला आफ्नो तर्फबाट निम्न स्तरका काम गर्ने मजदुरलाई सहयोग गरेको बताईन् । ‘यो संकटका बेला जसले जहाँबाट हुन्छ, वास्तविक विपन्न एव संकटमा परेका समुदायलाई सक्दो सहयोग गर्नुपर्छ, ‘श्रेष्ठले भनिन, ‘हामीले पनि केही सहयोग गरेका छौँ ।’ दैनिक पत्रिका वितरण गरेर जोह गर्ने पत्रिका वितरक मजदुरलाई संकटका बेला श्रेष्ठ दाम्पत्तीबाट पाईएको राहतले पत्रिका मजदुर हर्षित भएका छन् । कञ्चनपुरका पत्रिका वितरक मजदुरले दाता, भीमदत्त नगरपालिका र पत्रकार महासंघप्रति अभार प्रकट गरेका छन् ।

पाठकको घर दैलोमा पत्रिका पु¥याउने मजदुर राहत पाएपछि हर्षित भएका छन् । उनीहरुले संकटका बेला त्रिका वितरक मजदुरको पनि पीडा बुझेको भन्दै उनीहरुले तीनै निकायप्रति आभार प्रकट गरेका छन् । कञ्चनपुरका पत्रिका मजदुरको पीडा बुझेर राहत उपलब्ध गराउने श्रेष्ठ दाम्पती पहिलो दाता हुन् ।

प्रतिक्रिया दिनुस