कञ्चनपुर,बैशाख, १९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विरतण गर्ने भएको छ । लकडाउनका कारण आर्थिक समस्या उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै २२ गते देखि वार्ड कायालयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेका हुन् ।

लकडाउनका कारण दैनिकी चलाउन समस्या परेको भन्दै नेकपा कञ्चनपुर क्षेत्रिय नम्बर २ का क्षेत्रिय संयोज रण बहादुर महराको नेतृत्वमा गएको टोलीले विपतको समयमा सामाजिक सुरक्षा भत्ता तत्काले वितरण गर्न माग गरेपछि उनिहरुको मागप्रति नगरपालिका सकारात्मक हुँदै सामाजिक सुरक्षा भत्ता वितरण गर्न निर्देशन दिएको हो ।

नगरपालिकाबाट भत्ता लिँदै आएका ५ हजार २ सय ५६ जनालाई तत्काल भत्ता उपलब्ध गराइने नगरपालिकाका मेयर दिल बहादुर ऐरले बताए । नगरप्रमुख दिल बहादुर ऐरले झलारी स्थित कञ्चन डेभलेपमेन्ट बैंक र कुमारी बैंकका मेनेजरहरुसित छलफल भएपछि सोमबारदेखी वडा कार्यालय मार्फत सामाजिक दुरी कायम गरेर भत्ता वितरण गरिनेनगर प्रमुख ऐरले वताए ।

प्रतिक्रिया दिनुस