दिपकराज भट्ट, डडेल्धुरा ,बैशाख १९ । विश्व माहामारिको रुपमा रहेको कोरोना भाईरस का कारणले अहिले देशभर लकडाउन चलिरहेको छ । दैनिक ज्यालामजदुरि गरेर खाने विपन्न , गरिव परिवारलाई खाना समस्या भएकाले आज मजदुर दिवसको अवसर डडेल्धुरा का सातै स्थानिय तहलाई दस क्विनटल चामल , ५० के जि नुन र ५० के.जि दाल प्रती स्थानिय तहका दरले हस्तान्तरण गरेको छ ।

आज भागेश्वर गाउपालिका र अजयमेरु गाउपालिकालाई राहात हस्तान्तरण गरेको जिल्ला समुन्व्य समिति अध्यक्ष गणेश प्रसाद भट्टले जानकारि दिनुभयो । यसरी विपतका समयमा गाउपालिकाका गरिब विपन्न परिवारलाई राहात दिएर सहयोग गरेकोमा नेपाली काङ्ग्रेस डडेल्धुरा लाई भागेश्वर गाउपालिका अध्यक्ष कौशिला भट्टले धन्यवाद समेत दिनुभएको छ । राहात वितरणमा जिल्ला नेता र स्थानीय हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस