महेन्द्रनगर–नेकपा (क्रान्तिकारी माओवादी) पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले कोरोना महामारीका बिच स्वास्थ्य माफिया मौलाएको भन्दै कार्वाही गरीने चेतावनी दिएको छ। कोभिड–१९ को लहरले जनता आक्रान्त बन्दै गइरहेको अवस्थामा कमिशनको खेलका कारण कोभिड खोप आउन नसक्नुमा नेपाल सरकार जनताको स्वास्थ्य प्रती जवाफदेही नभएको अखिल क्रान्तिकारी केन्द्रिय समितिले आरोप लगाएको छ।

अखिल क्रान्तिकारी केन्द्रिय समितिले शनिवार प्रेस विज्ञप्ति जारी गर्दे शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा रहदा सरकारले स्वास्थ्य माफियाहरुलाई संरक्षण गर्नुका साथै स्वंयम् सरकार नै माफियाहरुको जालोमा फस्नु पुग्नु र ती माफियाहरुको नेत्तृत्व समेत सरकारले गरीरहेको पछिल्ला गतिविधिबाट प्रष्ट हुन गएकाले जनताप्रती गैरजिम्मेवार नेपाल सरकारविरुद्ध सशक्त संघर्षमा उत्रने चेतावनी दिएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरी कृष्ण गजुरेलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ,–‘मनपरी ढंगले कोभिड लगायत अन्य विरामी बाट शुल्क असुल्ने मेडिकल कलेज र अस्पतालहरुलाई छानविन गरी हदै सम्मको कार्वाही गर्न र हुकमलगायत निजि कम्पनीलाई खोप ल्याउन दिइएको अनुमती रद्ध गरी सरकार आफैले खोप ल्याई आम जनतालाई खोप लगाउने वातावरण तयार गर्न हार्दिक अनुरो गर्दछौ।’
साथै, स्वास्थ्य माफियाहरुलाई अविलम्ब कावाही गर्न समेत अपिल गर्दछौ, अन्यथा जनताप्रती गैरजिम्मेवार नेपाल सरकार विरुद्ध सशक्त संघर्षमा उत्रने र स्वास्थ्य माफियाहरुलाई कार्वाही गर्ने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ।

No description available.

प्रतिक्रिया दिनुस