यज्ञ भट्ट,आत्म सम्मान मानिसको जीवनको एक महत्वपूर्ण पक्ष हो।कोहि पनि मानिस आफ्नो जीवन सम्मानित भएर बितोस भन्ने चाहन्छ र यो एउटा स्वभाबिक मानबिय गुण पनि हो।तर आत्म सम्मान को अपेक्षा राख्ने हक त्यसले मात्रै राख्दछ जसले आफ्नो सम्मान मा अरुको सम्मान देख्छ र सधै अरुको सम्मानका लागि आफुले पनि सम्मानित कर्म र व्यवहार गरिरहन्छ।केही मानिसहरु आफू सम्मानित व्यवहार र कर्म गरिरहन्छन र बदलामा सम्मान को आस राख्दछन।तर केही मानिस हरु आफूलाई फाईदा हुने भएमा र आफ्नो स्वार्थ अनुकुल हुने भएमा हजारौको सम्मान माथी चोट पुग्ने कर्म पनि गरिरहन्छन तर बदलामा आफुलाई सम्मान चाहन्छन।जस्तै कम्रेड ´माधब नेपाल`।
प्राय जसो मानिस दुई कुराले चर्चा कमाउने गर्दछ।एउटा असाध्यै राम्रो काम गरेर अनि अर्को एकदमै निच र अपमानित कर्म गरेर।यस्तै अपराधिक/अपमानित र निच कर्म गरेर बर्तमान नेपालको राजनितिको चर्चा मा रहेका छन कम्रेड माधब नेपाल।करीब-५ दशको लामो राजनितिक यात्रा र १५/१६ बर्ष लामो कम्युनिष्ट पार्टीको नेतृत्व सम्हाली सकेका र देशको कार्यकारी प्रमुख को भुमिका निर्वाह गरिरहेका नेपाल अहिले ´ओली` प्रतिको तिब्र ईर्ष्या र रिस र सत्ता र शक्तिको लोभको प्यासले ब्याकुल भएर त्यो प्यास मेटाउन ´देउवा र प्रचण्ड` को कठपुतली भएर उनिहरुको निर्देशन र योजना मा राजनितिक नृत्य गरिरहेका छन।उनको रिस,ईर्ष्या र आक्रोशले कुनै प्रभाव नपर्ने निस्चित नै भए पनि अहिले उनी उनले लामो समय राजनितिक आश्रय पाएको र उनको उच्च ब्यक्तित्व निर्माण मा असाधारण यिगदान रहेको एमाले रुपि घर माथी उनी आकास बाट धर्तिमा असिना बर्सिए झै ढुङ्गा बर्साई रहेका छन।त्यति मात्रै होईन एमाले रुपि बिशाल महल मा हनुमानले लन्का दरबारमा आगो लाएझै चारैतिर बाट आगो लाएर खरानी को व्यापार गर्दै आफ्नो लोभ र सत्ताभक्ती को प्यास मेट्ने दाउमा छन उनी।एउटा अचम्म के छ भने आफ्नो आत्म सम्मान लाई ´हीरा` झै महङ्गो देख्ने उनी अरुको आत्मसम्मन को मूल्य ´पित्तल` समान पनि ठान्दैनन।उनको मन भित्रको तिब्र ईर्स्या,रिस,लोभ र महत्वाकांक्षी सोच नै उनको ब्यक्तित्व खरानी बनाउने उनी भित्रको जटिल र डरलाग्दो रोग हो।यति सम्म कि प्रधानमन्त्री भएर आफू लाई सम्मानित दर्जामा पुर्याउन उनले राजा ज्ञानेन्द्र को पाउमा दाम चढाएर,सस्टाङ्ग-दण्डवत गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलन र नेकपा(एमाले) को गहिरो मान-मर्दन र अपमान गरेका थिए।आफ्नो सान/मान र अभिमान को प्राप्ती का लागि उनले उनले सिङ्गो पार्टी र आन्दोलनको निष्ठा,गौरब र ईमान लाई खरानी बनाए।राजनितिक जीवनको लामै समय ´फस्ट म्यान` भएर नेतृत्व गरेकै भएर होला उनी एकै छिन पनि महत्वपूर्ण जिम्मेवारी बाहिर रहनु पर्दा असह्य पिडाले छटपटिन्छ्न।जसको उदाहरण उहाको पछिल्लो एक/डेढ बर्षको बानी,व्यवहार र कर्मले पुष्टि गर्दछ।पद र सत्ता प्रतिको गहिरो लोभ,´ओली` प्रतिको चरम रिस,ईर्स्या र असन्तुष्टि लाई प्रतिगमन को संघा दिदै उनी पछिल्लो समय आफुलाई सम्बिधान र ब्यबस्थाको रक्षकको रुपमा चिनाउने दुस्प्रयास गरिरहेका छन।उनले देखेको प्रतिगमन त फेरि बडो अचम्म को र रमाईलो छ।´बैठक मा वस्दा उनको भन्दा ओलिको कुर्सी अलि अग्लो र महङ्गो हुनु,महाधिवेशन मा अध्यक्ष हारे पनि अध्यक्ष सो सरहकै अधिकार पार्टी संचालन मा नपाउनु,एउटा क्षेत्रको सान्सद मात्रै भए पनि प्रधानमन्त्री सो-सरह राज्य सन्चालन्को अधिकार नपाउनु,मन्त्री,राजदुत र राजनितिक नियुक्ती हरुमा अफुले चाहेको र लोभ गरे जति भाग हत नपर्नु आदि पछिल्लो समय उनले देखेका महान र महत्त्वपूर्ण प्रतिगमनहरु हुन।
पछिल्लो समयको उनको बानी व्यवहार र गतिबिधिले उनलाई राजनितिक आदर्श मानेर राजनिती गरिरहेका हजारौ नेता/कार्यकर्त हरुको साथ सधै-सधै का निम्ति उनले गुमाई सकेका छन।केही सानो झुण्ड मन्त्री,राजदुत,अन्य राजनितिक नियुक्ती र विभिन्न स्वार्थ पुर्तिको लोभले अझै पनि नेपाल र नेपाक प्रवृत्ति को पुजा गरिरहेका छन।तर निकट भबिष्य नै त्यो झुण्ड पनि धोका खाएर माधब नेपाल लाई सधै-सधै का निम्ति ´छोडपत्र` हातमा थमाउदै Main stream मा समाहित हुने निस्चित नै देखिन्छ।ओलीले विधि/पद्धति र दलिय ऐनले आफुलाई प्र्त्यायोजन गरेको अधिकार प्रयोग गर्दै नेपाल लाई समेत सम्मानित अधिकार सहितको व्यवहार गर्दै पार्टी सरकार संचालन गर्दा अपमान महसुस गर्ने नेपालको यात्रा प्रचण्ड र देउवा जस्ता चतुर राजनितिक खेलाडीहरु सित लामो समय कायम रहिरहने कुनै सम्भावना नै छैन।अन्ततः पद/सत्ता,स्वार्थ र पारिवारिक हीतका निम्ति जुनसुकै र जस्तोसुकै कर्म गर्न तयार हुने प्रचण्ड/देउवा सित सम्मान र स्वार्थ पुर्तिको सपना सहितको नेपालको यात्रा तिब्र ´अपमान र तिरस्कार` नर्कमा जाकिएर सक्किने छ।धन्यबाद!
लेखक अनेरास्ववियुका युवा बिध्यार्थी नेता हुन ।