सुनिल राना

कञ्चनपुर, २७फागुन

कञ्चनपुरका नव निर्वाचित सासदलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरले जिल्लाका तीन सासदलाई सम्मान गरेको हो ।

बुधबार एक कार्यक्रमका विच जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराले नव निर्वाचित सासदलाई बधाईका साथ सम्मान गरेको बताए ।

जिसस प्रमुख बोहराले क्षेत्र १बाट निर्वाचित जनक सिह धामी, २बाट दिपकराज बोहरा र ३बाट निर्वाचित ज्ञानेन्द्र सिह महतालाई सम्मान गरिएको बताए ।

‘हामीहरुले अहिले १ र ३बाट निर्वाचित सासदलाई प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरिएको छौँ, ‘उनले भने, क्षेत्र २बा बोहरा काम विशेषले उपस्थिति हुन नसकेपनि उनलाई पछि प्रमाण पत्र हस्तान्तरण गरिनेछ ।’ कञ्चनपुरको विकासका लागि ध्यानाकर्षण सहित सम्मान गरिएको जिसस प्रमुख बोहराले बताए । कार्यक्रममा सासदद्वय जनक सिह धामी र ज्ञानेन्द्र सिह महताले जिल्लको समग्र चौतर्फि विकासका लागि जनअपेक्षा अनुरुप कामकाज गर्ने प्रण गरेका छन ।

प्रतिक्रिया दिनुस