गजल ,धर्मानन्द भट्ट , कञ्चनपुर,

के लाई सम्पत्ति के लाई धन भनिन्छ।
को लाई मित्र को लाई दुस्मन भनिन्छ।

बुझ्दै नबुझेको यहीँ एउटा कुरा छ मैले,
के लाई मृत्यु र के लाई जीवन भनिन्छ।

ढुंगाको छ मुटु मेरो सितिमिति घोच्दैन ,
घोच्छ बिझाउछ र पो त वचन भनिन्छ।

लाग्छ व्यर्थ पोखियो जवानी सडकमा,
मलाई सुन्नु छैन त्यहीँ झनझन भनिन्छ।

एउटा जाबो चक्लेटमा लुटिएको रहेछुँ,
सायद यसैलाई होला बचपन भनिन्छ।

ब्यापारीलाई नेता कसरी मान्न सकिन्छ,
नेतालाई त कि मोहन कि मदन भनिन्छ।

प्रतिक्रिया दिनुस