नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरूको मृत्यु भएको हो ।मृत्यु हुनेमा भट्टराईसहित उनका तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकली रहेको प्रहरीले जनाएको छ । धर्मप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाइ नरेन्द्र घाइते छन् ।
उनीहरूको उपचार भइरहेको छ । जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरूको निस्सासिएर बुधबार राति मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस