कञ्चनपुर जेठ ,२९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा विषयगत समितिहरुले पुर्णता पाएका छन् । शुक्लाफाँटा नगरपालिकामा विषयगत समितिका संयोजकका साथै बिषयगत समितिका सदस्यहरुमा पुर्णता पाएका हुन् ।

शुक्लाफाँटा नगरपालिकामा रहेको श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति संयोजकमा नगर प्रमुख रण बहादुर महरा, बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकमा नगर उपप्रमुख कल्पना पन्त, स्थानीय राजस्व परामर्श समिति संयोजकमा नगर उपप्रमुख कल्पना पन्त, सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजकमा शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष उत्तरदेव भट्ट, आर्थिक विकास समिति संयोजक कार्यपालिका सदस्य भूमा चन्द, सामाजिक विकास समितिको संयोजकमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश वहादुर ऐर, पूर्वाधार विकास समिति संयोजक शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर सिंह महरा रहनु भएको छ ।

यस्तै वातावरण तथा विपद ब्यवस्थापन समिति संयोजकमा शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका सदस्य गणेश बिक र विधेयक समिति संयोजक शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नवल सिंह राना रहनु भएको छ । विषयगत समितिले पुर्णता पाएसंगै नगरपालिकाका कार्यहरुमा प्रभावकारीता आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुस