कञ्चनपुर । जिल्ला वन पैदावार आपूर्ति समितिको काठ खरिद बिक्रिमा लफडा मच्चिएको छ । आपूर्ति समितिले चालु आर्थिक बर्ष २०७८÷०७९ मा सामुदायिक वनमा रहेको आपूर्तिको काठ बिक्रि वितरण गर्न थालेपछि उपभोक्ता अन्यौलमा मात्रै होईन शंशकित भएका छन । कञ्चनपुरका सामुदायिक वनले आपूर्ति समितिलाई दिनुपर्ने ३० प्रतिशत काठ सिधै उपभोक्तालाई खरिदका लागि सामुदायिक वनमै पठाउन थालेपछि सामुदायिक वनका उपभोक्तामा अन्यौलता छाएको छ ।

सामुदायिक वनका उपभोक्ताले आफुहरुलाई समान्य घर निर्माणदेखि आउँदै गरेको बर्षे बाली नालीकाका लागि हतो बनाउन काठ नदिन तर, ट्रक, टेक्टरमा काठ अरुलाई बेच्ने भन्दै लफडा मच्चाएका छन । सार्वजनिक विदाका दिन बेदकोट नगरपालिका ५ धरपुरमा रहेको बछेला सामुदायिक वनमा रहेको आपूर्तिको काठ ढुवानी गर्ने क्रममा उपभोक्ताले काठ रोकिदिएका छन ।

टेक्टरमा काठ महेन्द्रनगर बजारतिर ढुवानी भईरहेको भन्दै शशंकित भएर काठ रोकिदिएका थिए । बिना कागजात टेक्टरमा काठ ठुवानी भईरहेको भन्दै काठ रोकेका थिए । उपभोक्तालाई काठ नदिने, तर बिना कागजात ढुवानी गर्ने यो डिएफओ सहित वनकै कर्मचारीको मितोमतोमा तस्करी भईरहेको भन्दै काठ रोकिदिएका थिए ।

‘सामुदायिक वनले हामी विपन्न उपभोक्तालाई दैनिक अति आवश्यकीय कामकाजका लागि चाहिने एक रुको काठ नदिने, तर वाहिर वनकै कर्मचारीलाई ठुलो परिमाणमा बेचेको तैपनि बिना कागजात ढुवानी गरेको हुँदा हामी रोकेका हौँ, ‘ति उपभोक्ताले भने, ‘पछि कागजात ल्याएर आए छाडिदिए ।’

काठ जुनसुकै कर्मचारी, नेता, पत्रकार वा उपभोक्ताले खरिद गरेको भएपनि ढुवानी गर्दा संगै कागजात किन राखिएन ? काठ ढुवानी पनि बछेला सामुदायिक वनका अध्यक्ष विष्णूराम दमाईकै टेक्टरमा किन ? भन्दै प्रशन गरिरहेका छन ।

उनीहरुले कागजात बिनाको काठ ढुवानी कार्य गैर कानुनी भएकाले उपभोक्ताले रोक्दा समेत डिएफओकै निर्देशनमा छाडिएको काठ तस्करीमा वनकै कर्मचारीको मिलोमतो भएको आरोप लगाएका छन ।

‘कसै उपभोक्ताले कतैबाट काठ खरिद गरेर ल्याएको भए वनले ढुवानी पुर्जी माग्दा नदिए त्यो गैर कानुनी ठहर, ‘ति उपभोक्ताले भने, ‘तर यहाँ खुलेयाम वनकै कर्मचारी बिना कागजात काठ ढुवानी गर्दा रहेछन के यो उनीहरुको कमजोरी वा गल्ती होईन ?’

बछेला सामुदायिक वनका अध्यक्ष विष्णूराम दमाईले केही असन्तुष्ट उपभोक्ताले आपूर्तिको काठ रोकेको बताए । ‘यसमा केही गल्ती भएको छैन, न चलखेल भयो, ‘अध्यक्ष नेपालीले भने, ‘त्यो काठ डिभिजन वनकै कर्मचारी शिवराज अवस्थीको हो, कानुन अनुसार खरिद भएको छ, कुनै अनियमितता भएको छैन । मेरै टेक्टरमा ढुवानी भएको हो ।

ढुवानीका बेला कागजात संगै नबोक्दा उपभोक्ताले रोकेका हुन, पछि ल्याए रोकिएको काठ छाडिएको हो ।’ शुरुमा बिना कागजात काठ ढुवानी भईरहेको भन्दै काठ रोकेको उपभोक्ताले पछि वनकै कर्मचारीका काठ भनेपछि आपूर्ति समितिले वनकै कर्मचारी, सामुदायिक वनका अध्यक्षले कर्मचारीका लागि टेक्टर सेवा पनि दिने वनका कर्मचारीलाई मालामाल भएको टिप्पणी गरिरहेको छन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी समेत रहेका शिवराज अवस्थीले भाँसीमा घर निर्माणका लागि आफ्नो नामबाट नभई श्रीमती बन्दना अवस्थीको नामबाट काठ खरिदका लागि आपूर्ति समितिमा दिएको निवेदन अनुरुप आपूर्तिको काठ ढुवानी गर्ने क्रममा केही व्यक्तिले रोकेर लफडा मच्चाएको बताए ।

‘मैले सबै कागजात सामुदायिक वनका अध्यक्षको मोवाईलमा पढाईदिएको थिए, ‘उनले भने, ‘केही उपभोक्ता हुँ भन्नेहरुले खै कागजात भन्दै रोकेका थिए, म त्यहाँ पुगे अध्यक्ष जि पनि पुगे त्यसपछि अवरोध हट्यो ।’ उनले ५८.८९ क्युफिट काठ ९० हजार ७२६ रुपैयामा खरिद गरेको बताए ।

जिल्ला वन पैदावार आपूर्ति समितिका सदस्य सचिव विशेश्वर प्रशाद जोशीले आपूर्ति समितिबाट काठ खरिदका लागि छनौट भएका ७० जना ग्राहक मध्ये १जनाले मात्रै काठ ढुवानी गर्दा कागजात (छुटपुर्जी) साथमै नलिदा विवादमा परेको बताए ।

‘यो वैधानिक काम भएको छ, ‘उनले भने, ‘काठ ढुवानी गर्दा कागजात साथमै नराख्दा उपभोक्ताले रोकेर विवाद गरेका रहेछन, पनि कुरो मिल्यो ।’ अरुलाई कानुन सिकाउने कर्मचारीले आफुले कानुन पालना नगर्दा यत्रो विवाद बाहिर आएको छ ।

यस प्रकरणमा डिएफओ शम्भु प्रसाद तिवारीले आफ्नै कर्मचारीलाई काठ वितरणमा प्राथमिकता देखाएको बुझिन्छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रशाद तिवारीले आफु काठमाण्ठौँमा भएकाले यस बारेमा बुझेर बताउने बताए । वनकै कर्मचारीको कागकाज गर्ने शैलीबाट उपभोक्ता झन शंशकित भएका छन ।

प्रतिक्रिया दिनुस