सुनिल राना, कार्तिक १९
आज दिउँसोदेखि रातीसम्मै कञ्चनपुरको चर्चित पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रम हुन लागेको छ । बुधबार बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रम हुन लागेको हो । ‘आन्तरिक पर्यटन प्रर्बद्धन, कला संस्कृतिको सम्र्बद्धन’ गर्ने उदेश्यका साथ राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिमको आयोजना एव राष्ट्रिय संगीतकर्मी संघकै केन्द्र्रीय सदस्य तथा सुप प्रदेश इन्चार्ज ऐन बहादुर दौल्यालको प्रायोजनमा बृहद साँस्कृतिक साँझ कार्यक्रम हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निल गगन रोशन सिहले बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको बताए । सिहका अनुसार कञ्चनपुर जिल्लाकै आन्तरिक पर्यटकीय गन्तव्य रहेको पोखरी कटेजमा पहिलो पटक संघले बृहद साँस्कृतिक कार्यक्रम गर्न लागेको बताए । सिहले कार्यक्रममा स्थानीय कलाकारहरुलाई प्रर्बद्धन गर्न उनीहरुकै कला प्रस्तुत गरिनेछ । बृहद साँस्कृतिक कार्यक्रमका सहव्यवस्थापक करन पालले बुधबार दिउँसो २बजेदेखि नै साँस्कृतिक कार्यक्रम संचालन हुनेछ । चर्चित गायक तथा मोडल टेक बिसी सहितका सुदूरका कलाकारबाट प्रस्तुती हुनेछ । एक दिने बृहद साँस्कृतिक कार्यक्रममा सहभागिताका लागि आयोजकले आब्हान गरेको छ । पहिलेदेखि नै आन्तरिक पर्यटकीय गन्तव्य रहेको पोखरी कजेटमा उक्त साँस्कृतिक कार्यक्रमले थप टेवा पु¥याउने दावि गरिएको छ । कार्यक्रमबाट संकलन भएको रकम समाजिक क्षेत्रमा लगाईने जनाएको छ ।

