कञ्चनपुर

कञ्चनपुरको बेलौरीका जेनजीले एमाले नगर अध्यक्ष नवराज शाहीले जेनजीका शहिदलाई अपमान गरेको आरोप लगाएको छ ।

आइतबार बेलौरीमा जेनजी चोक राख्ने विषयमा जेनजी समुह र राजनैतिक दल सहितको सर्वदलिय बैठक आब्हान गरिएको थियो । बैठकको शुरुवातमै एमाले नगर अध्यक्ष शाही जेनजी आन्दोलनमा मारिएका मान्छे सहिद नभएर लुटपाट गर्न गएको चोर, अराजक भएको लान्छाना अपमान गरेपछि बैठक बहिस्कार गरेको जनाएको छ ।

जेनजीका बेलौरी संयोजक केशव कुमार बोहराले हस्ताक्षर गरेकोे विज्ञप्तीमा एमाले नगर अध्यक्ष शाहीले बैठककोे शुरुवातमै बैठक लाईभ गर्ने वा नगर्ने भन्ने विषयमा छलफल बहस भईरहेका बेला अनावश्यक रुपमा सहिदको अपमान हुने अभिव्यक्ति दिएको भन्दै भत्र्सना जाहेर गरेको छ ।

जेनजीका बेलौरी उपसंयोजक विष्णूदत्त अवस्थीले एमाले नेता शाहीका कारण बेलौरी नगरपालिका र जेनजी समुहविच वार्ता भाँडिएको बताए । बैठक लाईभ पनि नहुने भएपछि शाहीले सहिदमाथि अपमान गरेपछी आफुहरु बैठक छाडेर आएको बताए । उनले अनिश्चितकालनका लागि बैठकहमा सहभागिता नजनाउने बताए ।

बेलौरी नगर एमाले अध्यक्ष नवराज शाहीले बैठकको शुरुवातमै जेनजीहरुले लाईभको कुरा राखेको, अनि जेनजी चोकबारे छलफलका साटो उनीहरुले अन्य विषयमा विषयान्तर गर्दा आफुले जेनजीका सहिदप्रति अपमान नभई जेनजीका नाममा लुटपाट गर्नेहरुका नामबाट किन सहिद चोक राख्नुपर्ने मात्रै भनेको बताए । ‘मैले जेनजी र उनीहरुलाई अपमान गरेको होईन, ‘एमाले नगर अध्यक्ष शाहीले भने, ‘जेनजीका नाममा लुटपाट गर्ने, आगजनी गर्ने विध्वङ मच्चाउनेप्रति मात्रै कुरा उठान गरेको हुँ ।’ बेलौरीमा जेनजी युवाहरुले संस्थागत भ्रष्टाचार बिरुद्ध र जेनजी चोकको विषय उठान गर्दै संघर्ष गर्दै आएका छन ।

प्रतिक्रिया दिनुस