कञ्चनपुर, कार्तिक १५, कञ्चन को–अपरेटिभ सर्भिसको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको चौथो वार्षिक साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष विष्णु सिंह बिष्टले ग्रहण गर्नु भएको थियो भने, कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशी रहनु भएको थियो ।

अध्यक्ष बिष्टले आजको यो चौथो वार्षिक साधारण सभा भवयताको साथमा सम्पन्न गर्न साथ र सहयोग गर्नुहुने सम्पुर्ण संघ संस्थाका प्रतिनिधि, सञ्चालक, शेयर सदस्य, बचतकर्ता, शेयरधनी, जनप्रतिनिधि लगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले नियमन कार्य निकायको निर्देशनलाई पालना गर्दै यस कञ्चन को अपरेटिभ लाइ यो स्थान सम्म विना कुनै आक्षेप ल्याउन सक्षम भएको बताउनु भयो ।

सहकारी संस्था विग्रेको अवस्थामा नरहेको बताउँदै बचतकर्ताहरुको रकम फिर्ता गर्न पनि समस्या नरहेको, उहाँहरुले मागेको बेलामा दिन सक्ने क्षमता रहेको बताउनु भयो । अहिले आफनो संस्था सक्षमताको साथमा अगाढी बढीरहेको र विश्वासको साथमा कार्य प्रगतीको साथमा लागेको बताउनु भयो । पछिल्लो समयमा सहकारीलाई विश्वास गर्ने कम भएको वातावरणमा पनि यस संस्थामा सबैको बचत सुरक्षित रहेको छ, तर बचत कम आएको बताउनु भयो ।

उहाँले एउटा संस्था खराब भयो वा सहकारी खराब भयो भन्दैमा सबै खराब हुन्छन भन्न नमिल्ने बताउनु भयो । आफनो संस्था पारदर्शिता, विश्वसनिय भएर संचालनमा रहेको जानकारी गराउनु भयो । जम्मा बचत र पूँजी गत आर्थिक वर्ष २०८० ÷८१ म १४ करोड ४७ लाख ३१ ह्जार ,८ सय ७ रुपैँया २७ पैसा रहेकोमा यो आर्थिक वर्ष २०८१÷८२ मा २० करोड ६० लाख ७७ हजार ५ सय २२ रुपैँया ४ पैसा पुगेको छ । यसैगरी कुलकर्जाआर्थिक वर्ष २०८१÷८२ मा१७ करोड ९७ लाख २४ हजार ४ सय ३० रुपैँया ६२ पैसा रहेको छ ।

यसैगरी ब्याज आम्दानीआर्थिक वर्ष २०८१÷८२ मा२ करोड ३५ लाख ६० हजार ७३ रुपैँया ४७ पैसा रहेको छ, यसैगरी ब्याज खर्च आर्थिक वर्ष२०८१÷८२ मा ९० लाख ४१ ह्जार ५ सय ९३ रुपैँया ८२ पैसा रहेको छ ।

कुल खुद मुनाफामा ७५ लाख ६२ हजार ५ सय ८८ रुपैँया ९९ पैसा रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मासदस्यता वृद्धि संख्या ४ सय ८४ जना बढेर ४ हजार ४ सय ६१ पुगेकोे संस्थाका दैजी शाखा प्रमुख एवम कार्यक्रम संचालक राजेन्द्र प्रसाद जोशीले बताउनु भयो ।

संस्थाको केन्द्रीय कार्यालय महेन्द्रनगरमा रहेको छ भने कोपरेटिभको अन्य शाखा कार्यालय दैजी र झलारीमा पनि रहेका छन् । आर्थिक तथा प्रशासनिक प्रतिवेदन संस्थाका दैजी शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले गर्नुभएको थियो भने, संचालक समितिको वार्षिक वित्तिय प्रगती प्रतिवेदन संस्थाका अध्यक्षले पेश गर्नुभएको थियो । तस्तै संस्थाका पुर्व कार्यकारी अधिकृत संकर बहादुर कार्कीले संस्थाका लागि गरेको योगदान मुल्यांकन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै अतिथि माधव प्रसाद जोशी लाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

लेखा सुपेरीवेक्षणको प्रतिवेदन कोषाध्यक्ष विजया लक्ष्मी देवी अवस्थीले राख्नु भयो भने, कार्यक्रमको सञ्चालन संस्थाका शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले गर्नुभयो ।

प्रतिक्रिया दिनुस