सञ्जय महर

कञ्चनपुर, १९ कार्तिक

कञ्चनपुरको एक होटलले सुदूरपश्चिमको मौलिक खाने परिकार प्रर्बद्धन गर्नका लागि कोदो, मकै, फापर, जैउको मःमका परिकार लन्च गरेको छ ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महेन्द्रनगर बर्गर हाउसले कोदो, मकै, फापर र जैउको मःमका परिकार लन्च गरेको हो । बुधबारदेखि होटलले सुदूरपश्चिमको मौलिक खाने परिवारबाट मःम बिक्रि वितरण शुरु गरेको जनाएको छ ।

महेन्द्रनगर बर्गर हाउसका संचालक हेमराज भट्टले पछिल्ला दिनहरुमा मैदाको मम खाने उपभोक्ता घट्दै गएको र उनीहरुले मौलिक खाने परिकार खोज्न थालेपछि मकै,कोदो, फापर र जैउको पिठोबाट मःमःपरिकार लन्च गर्न थालेको बताए ।

‘पहिले पहिले सुदूरका यि मौलिक परिवारबाट रोटी खाने मान्छे गरिब हुन भन्ने बुझाई थियो, ‘उनले भने, ‘त्यो नभई अहिले स्वास्थ्यका दृष्ट्रिकोणले समेत हाम्रा रैथाने खाने परिकार उपयुक्त देखिएका छन ।’

भट्टले सुदूरका १० मौलिक खाने परिवारबाट विभिन्न आईटम बनाउने समेत योजना रहेको बताए । युवा होटल व्यवसायी भट्टले महेन्द्रनगर बर्गर हाउस मार्फत नयाँ नयाँ खाने परिकार ल्याउँदै आएका छन । पाँच बर्षदेखि होटल तथा घरसम्मै होमडेलिबरी सेवा दिर्दै आएको होटलले सुदूरका मौलिक खाने परिवार प्रर्बद्धन गर्दै जाने योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुस