कञ्चनपुर, कार्तिक २०
कञ्चनपुरको सदरमुकाम भीमदत्त नगरपालिका स्थित वडा र ट्राफिक प्रहरी इन्चार्जको जिम्मेबारी पाएका प्रहरी निरीक्षक(ईन्सपेक्टर)द्वय वालेन्द्र नाथ र दर्शन खडका बेथिति बिरुद्ध एक्सनमा उत्रिएका छन ।
महेन्द्रनगर वडा प्रहरी कार्यालय इन्चार्ज खडका र जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज नाथ संयुक्त रुपमा बेथिति बिरुद्ध एक्सनमा उत्रिएका हुन ।
युवा प्रहरी ईन्सपेक्टरद्वय खडका र नाथले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडक बहादुर खत्रीको निर्देशनमै महेन्द्रनगर बजार, बसपार्क क्षेत्रको ट्राफिक व्यवस्थापन, केही होटलहरुमा हुने अवैध यौनधन्दा निगरानीदेखिका चोरी तस्करी बिरुद्ध एक्सनमा उत्रिएका हुन । बजार, सामुदायमा ठुलो आवाज निकालेर मोडिफाई गरेका मोटरसाईकलका चालकहरुलाई सम्झाई बुझाई गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज वालेन्द्र नाथले जिल्ला प्रहरी कार्यालयकै योजना अनुरुप वडा र ट्राफिकले मोडिफाई गरेर ध्वनी निकालेर संचालन भएका मोटरसाईकल धनीहरुलाई सम्झाई बुझाई गरेको बताए । ट्राफिक दुर्घटना न्यूनिरकण, अपराध न्यूनिकरण गर्न जिल्ला मुकाम सहित समग्र जिल्लाको शान्ति सुरक्षाका लागि वडा र प्रहरी खटिएको कामकाजलाई निरन्तरता दिनुपर्ने स्थानीयको सुझाव छ । स्थानीयले यसरी नै बेथिति शान्ति सुरक्षाका लागि जिल्लाभरी प्रहरी, ट्राफिक प्रहरी खटिनुपर्नेमा नागरिकले जोडदिएका छन ।

