
सुवर्ण प्रशाद जोशी
कञ्चनपुरको भीमदत्त नगरपालिका ७हल्दुखालमा रहेको सिद्ध सामुदायिक वनमा नयाँ भवन निर्माण भएको छ ।
भीमदत्त नगरपालिका ७हल्दुखालमा रहेको सिद्ध सामुदायिक वनमा नयाँ भवन निर्माण भएको हो । बिहीबार एक कार्यक्रमका विच भजनकृतन सहितको साँस्कृतिक कार्यक्रमका साथै भूमि,भवन पुजन गरिएको छ । सद्ध सामुदायिक वनका सचिव बिरेन्द्र बहादुर बलमे विवित कार्यक्रम गरेर भवन उद्घाटन गरिएको बताए । सामुदायिक वनका अध्यक्ष धनी चन्द नेतृत्वमा नयाँ भवन निर्माण भएको थियो । भवन निर्माण भएसंगै सामुदायिक वनका कामकाज संचालनमा सहज हुने जनाईएको छ । कार्यक्रममा सरोकारवाला सहितको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुस

