कञ्चनपुर, जेठ ,२९ ।  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ दैजीमा ७ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न भएको छ । यही जेठ २३ गतेदेखि सुरु भएको तालिम आईतवार जेठ २९ गते सम्पन्न भएको हो ।

कञ्चनपुरको वेदकोट नगरपालिकाको आर्थिक सहयोग तथा विपन्न महिलाको लागि जीविकोपार्जन तालिम तथा कार्यक्रमको आयोजनामा सम्पन्न उक्त तालिममा विपन्न महिलाहरुको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले तालिमका लागि मात्रै तालिम नभई सिकेको सीपलाई व्यावसायिक रुपमा आत्मसाथ गर्न सक्यो भने महिलाहरु आत्मनिर्भर हुन सक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुस