कञ्चनपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठनले सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकासका शिक्षक, विद्यालय कर्मचारीको तलब बृद्धि गर्न माग अघि सारेका छन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले शिक्षामन्त्री देवेन्द्र पौडेल र पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को निम्न स्तरका कर्मचारीको पारिश्रमिक बृद्धि बारे ध्यानाकर्षण गराएका छन ।

आइतबारदेखि काठमाण्र्डौँमा शुरु भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनको पूर्ण बैठकमा केन्द्रीय कमिटिका पदाधिकारी सदस्यहरुले शिक्षामन्त्री पौडेल र पुर्व प्रधामन्त्री समेत रहेका सत्ताधारी दलका नेता प्रचण्डको पारिश्रमिक बृद्धिबारे ध्यानाकर्षण गराएका हुन । आगामी आर्थिक बर्ष २०७९÷०८०मा सरकारले कर्मचारीको १५ प्रतिशतका दलले तलब बृद्धि गरेपनि निम्नस्तरका कर्मचारीको पारिश्रमिक बारे बजेट मार्फत कुनै सम्बोधन नभएको भन्दै आक्र्रोस समेत व्यक्त गरेका थिए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य समेत रहेकी बाल विकास शिक्षक समिति सचिव रमा उपाध्यायले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि बाल विकासका शिक्षक र कर्मचारीको पनि महत्वपूर्ण भूमिका हुने भन्दै उनले शिक्षामन्त्री पौडेल एव सत्तासाझेदारीका नेता पुर्वप्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभयो । सरकारले निम्न स्तरका कर्मचारीको पीडा नबुझेको भन्दै पार्टीबाट तर्फबाट सरकारमा सहभागि शिक्षा, अर्थ सहितका मन्त्रीलाई निर्देशन दिनुपर्नेमा जोडदिनुभयो । ‘शिक्षाको आधारशिला निर्माण कार्य बाल विकासबाटै हुन्छ, यसर्थ बाल विकासका शिक्षिकालाई न्यायिक पारिश्रमिक दिनुपर्छ ।’

कञ्चनपुरकी बाल विकासका शिक्षिका समेत रहेका उपाध्यायले बाल विकासका शिक्षक र विद्यालय कर्मचारीप्रति सरकारले गर्ने विभेदकै कारण शिक्षामा असमानता देखिएको बताउँदै बाल विकास र विद्यालय कर्मचारीका लागि मासिक २५हजार रुपैया दिनुपर्नेमा जोडदिईन । वर्तमान बाम गठबन्धनको सरकारले निम्न स्तरका कर्मचारीमाथि विभेद गरेको भन्दै उक्त विभेद हटाएर समाजवाद तर्फ उन्मुखका लागि राज्यका सबै तहका कर्मचारीको पारिश्रमिक न्यायोचित हुनुपर्ने आग्रह गरिन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आगामी मन्त्रिपरिषद बैठकबाट बाल विकास र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि गरिने प्रतिबद्धता जाहेर गरेका छन । पुर्व प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष एव सत्ता साझेदार दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धिका लागि पहल गर्ने र पार्टीका तर्फबाट सरकारमा सहभागिमन्त्रीलाई समेत आवश्यक निर्देशन दिने बताएका थिए । एकीकृत अखिल नेपाल शिक्षक संगठनले समग्र शिक्षक सहित बाल विकास र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धिदेखि सेवा सुविधाका लागि संगठनले निरन्तर सरकारसंग संघर्ष गरिरहने जनाएको छ ।

प्रतिक्रिया दिनुस