कञ्चनपुर, जेठ, २८ । कञ्चनपुरको वेदकोट नगरपालिकामा जग्गा नापीको कार्य पुन सुरूवात गरिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानीबाट उक्त जग्गा नापीको कार्य पुन सुरु भएको हो ।

शनिवार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा र उपप्रमुख तुलसी जोशीले उक्त कार्यको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यस अघि अव्यवस्थित बसोवासी, जग्गाधनी पुर्जा नभएकाहरुको जमिन नापीको कार्य स्थानीय तहको निर्वाचनका बेला रोकिएको उक्त नापी कार्यको शनिवारबाट पुन सुरु भएको हो । उक्त कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले वर्षात हुनु पुर्व वेदकोट नगरपालिका भित्र नापीको कार्य सम्पन्न गरीसक्ने किसिमले कार्य अगाडि बढाइएको बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले स्थानीयहरुले विवादरहित हिसाबले सही नापजोख गर्ने कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको राष्ट्रिय भुमि आयोग, सेवा केन्द्र वेदकोट नगरपालिकाका संयोजक केशवदत्त भट्टले हालसम्म वेदकोट नगरपालिकामा १२ हजार ३४ हेक्टर जमिन नापी भई सकेको जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुस