कञ्चनपुर जेठ,२८ । कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सनिवार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शनिवार मोटरसाइकल चालकको मृत्यु भएको हो ।

से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका १ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताउनु भयो ।

साथै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० का २५ वर्षीय ट्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको पनि उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुस