कञ्चनपुर ,जेठ, २७ । नेकपा बहुमत पार्टी कञ्चनपुरले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा बहुमतले बिहिवार लगातार भइरहेको उपभोग्य वस्तुको मुल्य वृद्धि नियन्त्रणका जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको नेकपा बहुमत पार्टीका युवा नेता दिपेन्द्र सिह ऐरीले बताए ।

यस्तो छ ज्ञापनपत्र

श्री सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री कार्यलय सिंह दरबार काडमाण्डौँ
बिषय : ज्ञापनपत्र

हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राष्ट्रियता जनतन्त्र र जनजिविकाको विषयमा निरन्तर संघर्षरत रहेको छ। नेपाल सरकार को स्वामित्वमा रहेको नेपाल आयल निगमले २०७९ जेठ २६ गते राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थमा मुल्य पुनः बढाएको छ। गठबन्धन सरकारको गठन भएको पछिल्लो ७ महिनामा पेट्रोलियम पदार्थको मुल्य ११ पटक बढाइएको छ।

संसदिय व्यवस्था अन्तर्गतको स्थानीय चुनावपछि २७ दिनमा ३ पटक गरी पेट्रोलमा मात्र रु.१८ बढाएको छ। त्यसैगरी डिजेल, मट्टीतेल, खाना पकाउने ग्याँसको मुल्य पनि त्यहि अनुपातमा बढाएको छ। आयल निगमकै तथ्याङ्क अनुसार पेट्रोलमा प्रतिलिटर रु.६१.२३, डिजेलमा रु.४३.९१ त केवल कर/ शुल्क , ढुवानी खर्च , निगमको प्रशासनिक खर्च , बीमा खर्च , निगमको प्राविधिक नोक्सानी , बिक्रेता कमिसन जस्ता विभिन्न शीर्षक खडा गरेर वास्तविक मुल्य बोझ थोपरिएको छ। यसरि विभिन्न शीर्षक बनाएर चक्र मुल्यमा उपभोक्तालाइ पेट्रोलियम पदार्थ किन्न बाध्य पार्नु भनेको जनतामाथि दलाल संसदिय ब्यबस्थाले लुट गर्नु हो।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि हुँदा यातायात, ढुवानी , औधोगीक तथा कृषि उत्पादन , स्वास्थ्य र शिक्षामा खर्च पनि स्वत: बढने भएकोले यो बृद्धिले आमजनजीवन नै नकारात्मक रुपले प्रभावित हुन पुगेको छ। जनताको दैनिक जीवन गुजार्नका लागि मात्र पनि आफुसँग भएको सम्पत्ति नै वेच्नुपर्दा गरिबीको सङख्या बढदै गएको छ । तसर्थ हाम्रो पार्टी सरकारलाई पेट्रोलियम पदार्थ लगायत सबै उपभोग्य वस्तुको मुल्य तुरुन्त घटाउन जोडदार माग गर्दछ ।

प्रतिक्रिया दिनुस