कैलालीमा अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार कैकालीबाट अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कन्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय डब बहादुर तामाङ, पुर्नवास नगरपालिका वडा नम्बर १ बस्ने ३५ वर्षीय कान्छा तामाङ र पुर्नवास नगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीया अन्जु सार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ सेती प्रादेशिक अस्पताल नजिकबाट डब बहादुरलाई ३० ग्राम, धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगर भन्सारबाट कान्छालाई १० ग्राम र थप अनुसन्धानका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ट्राफिक चौराहबाट अन्जुलाई नगद ४९ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । लागूऔषध खैरो हेरोईन बिक्री वितरणमा एउटा समूह नै सक्रिय रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध तथा नगद बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस