काठमाडौँ । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा आएको छ ।आफ्नो सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीत ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

‘डाँडापारी’बोलको गीतबाट गायक लामालाई साङ्गितिक क्षेत्रमा थप चिनाउनेमौका मिल्यो । गायक लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ,मुसुक्क नेमा, हुलाकी दाई, हुक्का,भुल भए माफ गर, मार्फाको स्याउ, हलक्कमैच्याङ, बुट्टे रुमाल, म्हेन्दोमाया गीत ‘टुना युनाले’ लगायत थुप्रै गीतसार्वाधिक चर्चामा छन ।

गीतलाई एच.बी सुनारले रचना र संगीत गरेका हुन भने शाहस शाक्यले संगीतसंयोजन गरेका हुन । गायक रन्जित लामाको स्वर रहेको उक्त गीतमा फिमेलभोकलमा मन्जु उपाशना बिकले साथ दिएका छन । गीतलाई प्रकाश मिश्रले ध्वनीसम्पादन गरेका हुन भने अकोस्टिक नेपाल स्टुडियोमा गीत रेकर्ड गरेका हुन ।

भिडियोमा गायक लामा पहिलोपटक देखिएका हुन । उनीसँगै मोडल स्मारिकाढकाललाई देख्न सकिन्छ । देवराज गुरुङले कोरियोग्राफी गरेको म्युजिकभिडियोलाई टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन । भिडियोलाई प्रेमलामाले छायांकन र निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुस